६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

कञ्चनपुरमा आचारसंहिता विपरीत प्रचार सामग्री

कञ्चनपुरमा आचारसंहिता विपरीत प्रचार सामग्री
अ+ अ-

कञ्चनपुर । स्थानीय तह निर्वाचनका लागि जारी आचारसंहिताको जिल्लामा पूर्णरूपमा पालना हुनसकेको छैन । राजनीतिक दलहरुले आचारसंहिताविपरीत प्रचार सामग्री ठाउँठाउँमा टाँस गरेका छन् ।

सार्वजनिक स्थान, सार्वजनिक सवारीसाधान, निजी आवासमा उम्मेदवारको निर्वाचन चिह्नअङ्कित प्रचार सामग्री टाँस गरिएका छन् । अटोरिक्सा, निजी सवारीसाधन, ढुवानीका साधनमा समेत उम्मेदवारको चुनाव चिह्न अङ्कित झण्डा राखिएका छन् । यहाँका झलारी, दैजी, सुडा, महेन्द्रनगर, गुलरिया, बेलौरी, चवन्नी, आइबिआरडीलगायतका बजार क्षेत्र र ग्रामीण क्षेत्रका सडकमै चुनावमा सहभागी राजनीतिक दलहरूले उम्मेदवारका प्रचार सामग्री झुण्ड्याएका छन् ।

आचारसंहिता पालना भए/नभएकोबारे अनुगमन कार्य प्रभावकारीरूपमा नगरिदा उल्लङ्घनका कार्य भइरहेको स्थानीय मतदाताको भनाइ छ । निर्वाचनमा सहभागी उम्मेदवारका समर्थनमा ¥यालीलगायतका कार्यसमेत भइरहेका जनाइएको छ । आचारसंहिताअनुसार कसैको पक्ष–विपक्षमा सामाजिक सञ्जालमा पोस्ट वा शेयर गर्न पनि पाइने नियम भए पनि सामाजिक सञ्जालका वाल प्रचार सामग्रीले रङ्गिएका छन् ।

उम्मेदवारले आधिकारिक पेजमा मात्रै प्रचार गर्न पाउने नियम रहेको छ । राजनीतिक दलका कार्यकर्ताहरुले आचारसंहिता विपरित सामाजिक सञ्जालमा उम्मेदवारका पक्षका प्रचार सामग्री राखेर प्रचार–प्रसारको कामलाई तीव्र बनाएका छन् ।

राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्नअङ्कित ज्याकेट, कमिज, भेष्ट, टिसर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, ब्याच, ट्याटुजस्ता साङ्केतिक सामग्री उत्पादन गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने आचारसंहितामा व्यवस्था गरिएको छ ।

निर्वाचनमा आचारसंहिताविपरीतका निर्वाचन चिह्न अङ्कित टोपी, लोगोसहितका ब्याच लगाउने कार्यसँगै बिक्री वितरणको कार्य खुलेआम जारी रहेको छ । झण्डा र पर्चासमेत तोकिएका आकारभन्दा ठूल्ठूला बनाई प्रचार–प्रसरमा प्रयोग भइरहेका छन् । कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत मदन धामीले निर्वाचन आचारसंहिताविपरीतका प्रचार सामग्री अङ्कित झोला, ब्याचलगायत जफत गरी उम्मेदवारलाई सचेत गराइएको बताउनुभयो ।

“आचारसंहिता पालना गराउने कार्यलाई कडाइका साथ पालना गराउनका लागि निरन्तर अनुगमनको कार्य भइरहेको छ”, उहाँले भन्नुभयो, “अझै यस कार्यमा कडाइ गर्छौँ । निर्वाचन ९कसुर तथा सजाय० ऐन, २०७३, निर्वाचन आचारसंहिता, २०७८ र निर्वाचनसम्बन्धी अन्य कानुनमा भएका व्यवस्थाअनुसार जारी आचारसंहिताविपरीत कार्य गरिएको पाइए कारबाही हुने उहाँको भनाइ छ ।

स्थानीय तहको निर्वाचनको प्रयोजनार्थ खटिने मतदान अधिकृत र सहायक अधिकृतका लागि एकदिने तालिमको आयोजना गरिन लागेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार यही वैशाख २३ र २४ गतेसम्म तालिमको आयोजना गरिन लागेको हो । क्रमसङ्ख्या १ देखि १७७ सम्मका लागि २३ गते र क्रमसङ्ख्या १७८ देखि ३४१ सम्मका लागि वैशाख २४ गते तालिम दिइने छ । छनोटमा परेका मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम दिई मतदानस्थल र केन्द्रमा खटाइने निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लमा निर्धारित ३४१ वटै मतदान केन्द्रमा पठाउनका लागि मतपत्र प्याकिङ गर्ने कार्य पूरा भएको छ । जिल्ला मुख्य निर्वाचन अधिकृत धामीका अनुसार मतदान केन्द्रमा तीन लाख २५ हजार मतपत्र पठाइन लागेको हो । मतपत्रसँगै मतपेटिका, निर्वाचनसम्बन्धीका अन्य सामग्रीको व्यवस्थापन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । रासस