५ भाद्र २०८३, शुक्रबार
,
Latest
गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका युवा जनसंख्याको अवसरसँगै वृद्ध समाजको चुनौतीतर्फ नेपालः युएनएफपिए नेपाल अब ‘दुई ढुङ्गाबीचको तरुल’ मात्र होइन, दुई छिमेकी जोड्ने ‘गतिशील पुल’ बन्नुपर्छः परराष्ट्रमन्त्री खनाल जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवस पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान रास्वपा केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारी र विभाग प्रमुख चयन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जय ट्रफीको फाइनलमा कुशल भुर्तेलको अर्धशतक



अ+ अ-

काठमाडौँ । जय ट्रफी एलिट कपको फाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबीच प्रतिस्पर्धा जारी छ ।

पहिले ब्याटिङ गरेको पुलिसले पहिलो दिनको खेल समाप्त हुँदा २ विकेट क्षतिमा ८५ रन जोडेको छ ।

वर्षाका कारण आजको खेल दिउँसो मात्र सुरु भएको थियो । आर्मीले टस जितेर पहिले फिल्डिङ रोज्यो । पुलिसले पहिलो बलमै ओपनर दिलिप नाथलाई गुमाए पनि अर्का ओपनर कुशल भुर्तेलले इनिङ सम्हाले । उनले अर्धशतक बनाउँदै टीमलाई सम्हालेका छन् ।

भुर्तेलले ५१ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले ६ चौका प्रहार गरेका छन् । प्रतियोगितामा उनको यो दोस्रो अर्धशतक हो ।

तेस्रो नम्बरमा आएका अमित श्रेष्ठ ३९ बलमा २० रन बनाएर आउट भए । क्रिजमा भुर्तेललाई अर्जुन साउदले साथ दिइरहेका छन् । १३ बल फेस गरेका अर्जुनले खाता खोलेका छैनन् ।

आर्मीका लागि सोमपाल कामी र सहाब आलमले एक–एक विकेट लिएका छन् । जय ट्रफीको फाइनल तीन दिवसीय हुनेछ । पहिलो दिन वर्षाका कारण १७ ओभरको खेल मात्रै भएको छ ।