• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

सत्ता गठबन्धनका शीर्ष नेताहरु चितवनमा



चितवन । आज चितवनको भरतपुर महानगरपालिकामा पाँचदलीय सत्तारुढ गठबन्धनले संयुक्त चुनावी सभा गर्दैछन् । सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुले उक्त चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नको लागि पाँचदलीय सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु चितवन आएका हुन् । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल बुधबार नै चितवन पुगिसकेका छन् ।

यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बिहीबार बिहान चितवन आएका हुन् ।

चितवनको भरतपुर महानगरपालिकाको केन्द्रीय बस ट्रमिनलमा हुने चुनावी सभालाई सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

गठबन्धनबाट भरतपुर मेयरका लागि माओवादी केन्द्रकी रेणु दाहाल उम्मेदवार छिन् भने उपप्रमुख पदमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन् ।