६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

मतदाता शिक्षा अभावमा मतदाता अन्योलमा

मतदाता शिक्षा अभावमा मतदाता अन्योलमा
अ+ अ-

गलकोट । अहिले गाउँमा चुनावी माहोल छ । घरदैलोमा मत माग्न उम्मेदवारले अनेक तरिका अपनाइरहेका छन् । आफूलाई मतदानका लागि अपिल गरिरहेका उम्मेदवारको ध्यान मतदाता शिक्षामा भने पुगेको देखिँदैन ।

उम्मेदवारले केबल फलानो चिह्नमा मतदान गर्नुहोला मात्रै भन्ने गरेका छन् । ठूलो र धेरै मत चिह्न रहेको मतपत्रले जो कोही पनि झुक्किने अवस्था छ । स्थानीय निर्वाचनमा प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष दुई, वडाध्यक्ष र पाँच वडासदस्य गरी सात स्थानमा मतदान गर्नुपर्ने छ । मतदाता शिक्षा नहुँदा धेरै मत बदर हुनसक्ने देखिएको छ ।

यस्तै पाँच दलीय गठबन्धन र तालमेलका कारण सात स्थानमा मतदान गर्दा मत चिह्न फरक–फरक समेत रहेकाले नागरिकले मतदाता शिक्षाबिनै मतदान गर्नसक्ने अवस्था छैन । बागलुङमा १९ राजनीतिक दल र स्वतन्त्रका ११ चुनाव चिह्न छन् । राजनीतिक दलले मतदाता शिक्षामा जोड दिन आवश्यक छ । उम्मेदवाहरुबीच भेला गर्ने कार्यमा मात्र प्रतिस्पर्धा चलेको छ ।

बागलुङमा पाँच दलीय गठबन्धन र एमाले–राप्रापको तालमेल छ । गठबन्धन गरेका पाँच दलले मुख्य पदमा आफ्नै चुनाव चिह्न प्रयोग गरेका कारण मतदाताले मत चिह्न तलमाथि प्रयोग गर्नुपर्ने अवस्था छ भने एमाले र राप्रपाको तालमेलका कारण पनि दुई फरक–फरक चिह्नमा मतदान गर्नुपर्ने अवस्था छ ।

निर्वाचन आयोगले दिएको नमूना मतपत्रअनुसार राजनीतिक दलहरुले आफ्नो चुनाव चिह्नमा स्वस्तिक छाप लगाएर मतदातालाई दिँदै आएका छन् । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि कुनै व्यवस्था नगरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोकुल शर्माले जानकारी दिनुभयो । “समय छोटो भएर होला, यस विषयमा निर्वाचन आयोगले केही भनेको छैन । बजेट पनि पठाएको छैन”, उहाँले भन्नुभयो, “हामी मतपत्र र अन्य मतदानका लागि आवश्यक सामग्री मिलाएर मतदान केन्द्रमा पठाउने तयारीमा छौँ ।”

यसपटकको निर्वाचनमा कार्यकर्तालाई मतदाता शिक्षाका लागि घरघरमा पठाउने तयारीका साथ गठबन्धनको तर्फबाट नमूना मतपत्र छपाइरहेको नेपाली कांग्रेसका जिल्ला सभापति जित शेरचनले बताउनुभयो । “मतदाता शिक्षा दिन नसके धेरै मत बदर हुने अवस्था छ, त्यसलाई मध्यनजर गर्दै मतदाता शिक्षाका लागि कार्यकर्तालाई खटाइएको छ, निर्वाचनको समयसम्म सबै मतदाताको घरमा मतदाता शिक्षा पु¥याउने हाम्रो तयारी हो”, शेरचनले भन्नुभयो, “गठबन्धनका कारण धेरै चुनाव चिह्नमा मत माग्नुपर्ने हाम्रो बाध्यता हो, जनतालाई बुझाउन आवश्यक छ, वडासदस्यको त जुन पार्टीको वडाध्यक्ष हो त्यही चुनाव चिह्नको व्यवस्था छ, तर पालिका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षको लागि फरक चिह्न छ, मतदाताले निकै ध्यानपूर्वक मतदान गर्न आवश्यक छ ।”

यस्तै नेकपा (एमाले)ले जिल्लाका ८५ वटै वडामा मतदाता शिक्षाका लागि कार्यकर्ता खटाएको छ । एमालेले बागलुङ नगरपालिकाबाहेक अन्य नौ पालिकामा एकल उम्मेदवारी दिएको छ । बागलुङ नगरपालिकामा एमाले र राप्रपाको तालमेल छ । उपप्रमुखबाहेक अन्य पदमा एमालेको आफ्नै चिह्न रहेको र अन्य नौ पालिकाका सबै उम्मेदवारको एउटै चिह्न रहेकाले त्यति समस्या नहुने पार्टीका प्रचार विभाग प्रमुख गणेश पौडेल बताउनुहुन्छ ।

“मतदाता शिक्षाका लागि हामीले नमूना मतपत्र छापेर स्वस्तिक चिह्नसहित गाउँमा कार्यकर्तालाई पठाएका छौ ”, उहाँले भन्नुभयो । जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्रको मतदाता सङ्ख्याको आधारमा मतपत्रसहित अन्य सामग्री पठाउने तयारी गरिरहेको छ । रासस