२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुर आमसभामा आउन देउवाको शेखर कोइरालालाई आग्रह



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवनमा हुने सत्ता गठबन्धनको चुनावी आमसभामा आउन पार्टी नेता डा शेखर कोइरालालाई आग्रह गर्नुभएको छ ।

सभापति देउवाले टेलिफोन गरी डा कोइरालालाई चुनावी सभामा सम्बोधन गर्न आग्रह गर्नुभएको हो । यद्यपि डा कोइरालाले आफूलाई ढिलो खबर प्राप्त भएकाले सभामा आउन नसक्ने जानकारी गराउनुभएको छ ।

चुनावी सभालाई सम्बोधन गर्न सभापति देउवासहित नेता रामचन्द्र पौडेल भरतपुर आइसक्नुभएको छ । आफ्नो कार्यव्यस्तताले गर्दा कार्यक्रममा आउन नसक्ने जवाफ दिएको डा कोइरालाले बताउनुभएको छ ।

कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले पार्टी सभापति देउवा, नेता पौडेल र सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ उपस्थित हुने बताएको थियो । चुनावी सभामा डा कोइरालालाई उपस्थित गराउने पूर्वनिर्धारण गरिएको थिएन ।