५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुरमा जगन्नाथको उम्मेदवारी फिर्ता गराउने काग्रेस शीर्ष नेताको प्रयास , फिर्ता हुदैन पौडेल



अ+ अ-

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलको उम्मेदवारी फिर्ता गराउन काग्रेस सभापति शेरबहादुर देउवा बरिष्ठ नेता रामचन्द्र पौडेलल लगायतका नेताहरुले प्रयास गर्नुभएको छ ।

तर उहाँको दवाबलाई मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका पौडेलले अस्वीकार गरिदिनु भएको छ । आज बिहान वरिष्ठ नेता रामचन्द्र पौडेल संगको छलफलमा पनि पौडेलले आफुहरु धेरै अगाडि बढेको, उत्साहजनक अवस्था रहेकाले कसैलाई पनि समर्थन गर्न नसकिने बताउदै चुनाब प्रचारका निस्कनु भयो ।भेटमा प्रस्तावक कृष्णलाल सापकोटा, समर्थक मिना खरेल र पूर्वसांसद भीमबहादुर श्रेष्ठ पनि रहनु भएको थियो ।

भेटमा उहाँहरुले बरिष्ठ नेता पौडेललाई कांग्रेस बचाउन रूख बचाउन लागेको हो, बरू तपाईंहरू किन यसमा लाग्नुभएन भनेर प्रश्न गरेका थिए । पौडेललाई सभापति देउवाले भेट्न खोजे पनि उहाँहरु चुनबाी प्रचारमा गएका कारण भेट भएन ।