१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु त्रिशूली–३ ‘ए’बाट उद्धार गरिएका शाह र महर्जनलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी त्रिशूली–३ ‘ए’को सुरुङबाट कबीर महर्जनको पनि जीवितै उद्धार तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल निजामति कर्मचारी युनियन अध्यक्षमा वर्तमान अध्यक्ष पोखरेलले उम्मेदवारी दिने



अ+ अ-

काठमाडौ । नेपाल निजामति कर्मचारी युनियनको आँठौ अधिवेशनमा वर्तमान अध्यक्ष गोपाल पोखरेलले पुनः अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । २०२४ सालमा खोटाङको खार्पामा जन्मेका पोखरेल आँठौ महाधिवेशनमा अध्यक्ष पदका आकांक्षीहरु युनियनको पूरा कार्यकाल नवित्दै अवकाश पाउने भएपछि अधिकांश मतदाताको दबाबमा उम्मेदवारी दिन लागेका हुन् ।

अध्यक्ष पोखरेलको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु र महासचिव र केहि पदाधिकारीको टिम समेत घोषणा भएको छ । पोखरेलको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा उत्तम कट्वाल, महासचिवमा दुर्गा फुँयाल, उपाध्यक्षमा यज्ञ वली उम्मेदवार बन्ने तय भएको छ ।

त्यसैगरी प्रदेश उपाध्यक्षहरुमा एक नम्बर प्रदेशबाट मान वहादुर बन, मधेश प्रदेशबाट राजकिशोर राउत, वागमति प्रदेशबाट दिपकराज मिश्र, गण्डकी प्रदेशबाट दिपक रेग्मी, लुम्बिनी प्रदेशबाट मदन गौतम, कर्णाली प्रदेशबाट चन्द्रबहादुर खड्का र सुदुरपश्चिम प्रदेशबाट चेतराज जोशी उम्मेदवारी दिने तय भएको छ ।

पोखरेल नेतृत्वको समूहमा सचिव पदमा जगत बहादुर पाठक, कुलप्रसाद भट्टराई, झविन्द्र पोखरेल, दिनेश पोखरेल, कृष्ण सेजुवाल, हरि क्षेत्री लगायतका आकांक्षी देखिएका छन् ।

पोखरेल समूहले सचिव पदको टुंगो लागेसंगै सिंगै समुहको उम्मेदवारी घोषणा गर्ने भएको छ ।

नेपाल निजामति कर्मचारी युुनियनको नयाँ नेतृत्व चयनका लागि यहि फागुनको २१ गतेदेखि २३ गतेसम्म महाधिवेशन हुँदै छ । कोरोना संक्रमणका कारण गत माघ ८–१० का लागि तय भएको महाधिवेशन स्थगित भएको थियो ।