१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल निजामति कर्मचारी युनियन अध्यक्षमा वर्तमान अध्यक्ष पोखरेलले उम्मेदवारी दिने



अ+ अ-

काठमाडौ । नेपाल निजामति कर्मचारी युनियनको आँठौ अधिवेशनमा वर्तमान अध्यक्ष गोपाल पोखरेलले पुनः अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । २०२४ सालमा खोटाङको खार्पामा जन्मेका पोखरेल आँठौ महाधिवेशनमा अध्यक्ष पदका आकांक्षीहरु युनियनको पूरा कार्यकाल नवित्दै अवकाश पाउने भएपछि अधिकांश मतदाताको दबाबमा उम्मेदवारी दिन लागेका हुन् ।

अध्यक्ष पोखरेलको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु र महासचिव र केहि पदाधिकारीको टिम समेत घोषणा भएको छ । पोखरेलको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा उत्तम कट्वाल, महासचिवमा दुर्गा फुँयाल, उपाध्यक्षमा यज्ञ वली उम्मेदवार बन्ने तय भएको छ ।

त्यसैगरी प्रदेश उपाध्यक्षहरुमा एक नम्बर प्रदेशबाट मान वहादुर बन, मधेश प्रदेशबाट राजकिशोर राउत, वागमति प्रदेशबाट दिपकराज मिश्र, गण्डकी प्रदेशबाट दिपक रेग्मी, लुम्बिनी प्रदेशबाट मदन गौतम, कर्णाली प्रदेशबाट चन्द्रबहादुर खड्का र सुदुरपश्चिम प्रदेशबाट चेतराज जोशी उम्मेदवारी दिने तय भएको छ ।

पोखरेल नेतृत्वको समूहमा सचिव पदमा जगत बहादुर पाठक, कुलप्रसाद भट्टराई, झविन्द्र पोखरेल, दिनेश पोखरेल, कृष्ण सेजुवाल, हरि क्षेत्री लगायतका आकांक्षी देखिएका छन् ।

पोखरेल समूहले सचिव पदको टुंगो लागेसंगै सिंगै समुहको उम्मेदवारी घोषणा गर्ने भएको छ ।

नेपाल निजामति कर्मचारी युुनियनको नयाँ नेतृत्व चयनका लागि यहि फागुनको २१ गतेदेखि २३ गतेसम्म महाधिवेशन हुँदै छ । कोरोना संक्रमणका कारण गत माघ ८–१० का लागि तय भएको महाधिवेशन स्थगित भएको थियो ।