काठमाडौं । कीर्तिपुरको टियु मैदानमा जारी चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत मंगलबारको काठमाडौं किंग्स इलेभेन र पोखरा राइनोजबीचको खेल पनि स्थगित भएको छ ।
सुरुमा भिजेको आउटफिल्ड र पछि वर्षासँगै खेल स्थगित गरिएको हो ।
सामान्य वर्षा र भिजेको आउटफिल्डको कारण स्थगित भएको यो चौथो खेल रहेको छ ।
आज मंगलबार पोखरा र काठमाडौंबीचको खेल निर्धारित समय अनुसार १२ः१५ मा हुनुपर्ने थियो । तर भिजेको आउटफिल्डको कारण टस पनि हुन सकेन भने अम्पायर र कप्तानबीचको लामो समयको छलफलपछि स्थगित गर्ने निर्णय लिइएको थियो ।
भिजेको आउटफिल्डको कारण खेलाडीले अभ्यास समेत गर्न पाएनन् ।
यसअघि सोमबार पनि दुबै खेल स्थगित भएका थिए । सोमबार पहिलो खेलमा काठमाडौं र विराटनगरबीचको खेल भिजेको आउटफिल्डको कारण स्थगित भएको थियो । सोही दिन भैरहवा ग्ल्याडियटर्स र चितवन टाइगर्सबीचको दोस्रो खेल पनि वर्षाको कारण स्थगित भएको थियो ।
आइतबार दोस्रो खेलमा पोखरा भैरहवाबीचको खेल वर्षाको कारण स्थगित भएको थियो ।
वर्षा बाधक बनेसँगै शनिबारबाट सुरु भएको इपिएलमा दुई खेलको मात्र नजिता आएको छ ।











