६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

धनिले गरेको फोहर गरीबको आँगनमा फाल्ने राजनीतिक कहिले सम्म ?

धनिले गरेको फोहर गरीबको आँगनमा फाल्ने राजनीतिक कहिले सम्म ?
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालीकाको प्रमुखका लागि ५६ जना प्रत्यासीहरु चुनावी मैदानमा रहेका छन् । यति बेला तिनै ५६ जना उम्मेदबारहरु कुनै न कुनै रुपमा आफ्ना एजेण्डाहरु मतदाता समक्ष पुर्योउनका लागि निकै व्यस्त रहेका छन् ।

यीनै ५६ जना उम्मेदबार मध्येका एक हुन् स्वतन्त्र उम्मेदवार सुशील थापा क्षेत्री । स्वास्थ्य क्षेत्रको व्यस्थापकिय लामो अनुभब सगालेका थापाको बुझाईमा राजनीति भनेको चुनाबको जितहार मात्र होईन कुशल व्यवस्थापनमा कसरी सञ्चालन गर्ने भन्ने हो ।

चुनाबको चटारोका बिच केही समय सम्पर्क कार्यलयमा भेटिएका थापाले न्यूजपोलारसंग भन्नुभयो “प्रचुर सम्भाबनाका बिच पनि यो भद्रगोल अस्तव्यस्त अबस्था देख्दा यस्तो हुटहुटी जाग्यो अनि म मैदानमा ओर्लिए ।’

थापाले भन्नुभयो “सुन्दर सास्कृतिक सहर फोहरले छोपेको छ , नागरिकले स्थानिय सरकार छ भन्ने सहज अनुभूति समेत गर्न पाएका छैनन यी र यस्तै यावत समस्याहरु सहित महानगरको दुर्दशा कहिले सम्म हेर्ने? समय आएको छ परिवर्तनको त्यसैले मैदान आए ।”

उनै थापासंग गरिएकाे  कुराकानीमा आधारित-

काठमाडौँ अत्यन्त बिरामी छ, पीडामा छ । सबैले काठमाडौँमाथि अधिकार जमाउन खोजे तर काठमाडौँलाई नै चाहिँ कस्तो छ भनेर कसैले सोधेनन् । मेरो स्वतन्त्र उम्मेदवारीको कारण नै काठमाडौँको पीडालाई कम गर्नु हो ।

काठमाडौँ जिउँदो देवी कुमारी बस्ने स्थान पनि हो । प्रदूषणका कारण कुमारीको फोक्सो कालो भएको छ । नदीनाला फोहोर हुँदा हामीमा बगेको रगतमा पनि फोहोर बगिरहेको छ ।

नेवारी सभ्यता, बागमती सभ्यता, मल्लकालीन, लिच्छवीकालीन सभ्यतादेखि पृथ्वीनारायण शाहले मुलुक एकीकरण गर्दादेखिको काठमाडौँ अहिले आक्रान्त भएको छ । काठमाडौँको संस्कृति र सभ्यताका धरोहरहरु मासिने क्रममा छन् । कुनै नियोजितरुपमा मासिएका छन् भने कुनै प्राकृतिक कारणले पनि मासिएका छन् । तर धेरै जसो हाम्रै कारणले मासिएका छन् ।

समग्रमा काठमाडौँको सिस्टम बिग्रेको छ । मेरो उम्मेदवारी भनेको मलाई उपयोग गर्नुस् । म सिस्टमको एक्सपर्टाइज गर्छु । सिस्टमलाई ओभरहलिङ गर्ने मेरो ३० वर्षदेखिको एक्स्पर्टिजलाई मेरो व्यवसाय र समाजसेवामा प्रयोग गरिरहेको छु ।

स्वस्थ काठमाडौँले व्यापक महत्व बोकेको छ । काठमाडौँलाई तङ्ग्र्याउन वातावरणमा सुधार गर्नु जरुरी छ । काठमाडौँलाई स्वस्थ बनाउन लादिएको विकास नभई हामीले खोजेको विकास र रोजगारी सिर्जना गर्नुछ ।

काठमाडौँमा थोरै पैसामा धेरै जनाले रोजगारी पाउने र अलि धेरै तलब पाउने कृषि, सेवा व्यवसाय, पर्यटन, शिक्षा, स्वास्थ्य, सूचना प्रविधिसँग सम्बन्धित व्यवसाय गर्न सकिन्छ ।

काठमाडौँको संस्कृति र सम्पदा जोगाउन जरुरी छ । किनभने संस्कृति र सम्पदा नै काठमाडौँ हो । कसैले काठमाडौँलाई रुपान्तरण गरौँ भनिरहनुभएको छ, कोही मुहार फेरौँ भन्दै हुनुहुन्छ, कोही म यसलाई स्वीट्जरल्यान्ड बनाउँछु भन्दै हुनुहुन्छ, कोही इटाली बनाउँछु भन्नुहुन्छ । म नेपाल स्वीस चेम्बर अफ कमर्सको उपाध्यक्ष पनि हुँ ।

जसले स्वीट्जरल्याण्ड बनाउँछु भन्दै हुनुहुन्छ उहाँहरुलाई स्वीट्जरल्याण्ड कस्तो छ भन्ने थाहा छैन । कि काठमाडौँ के हो कस्तो भन्ने थाहा छैन । स्वीट्जरल्याण्ड स्वीट्जरल्याण्ड हो, काठमाडौँ काठमाडौँ नै हो । तपाइँ कहिले पनि काठमाडौँलाई स्वीट्जरल्याण्ड बनाउन सक्नुहुन्न ।

काठमाडौँ संस्कृति विविध संस्कृति, झाँकी, मन्त्र, जात्राबाट व्यवस्थित छ । त्यसलाई प्रमाणित गर्ने धेरै धरोहर छन् । यस्ता किसिमको सफ्टवेयरको म्यानेजमेन्ट, त्यस्तो किसिमको संरचनाको म्यानेजमेन्ट नगरिकन संस्कृति र सम्पदा बचाउँछु भनेर जसले भने पनि नपत्याए हुन्छ । त्यस्तो भएको भए ३० वर्षसम्म काठमाडौँको संस्कृति र सम्पदामा यत्रो विधि हडप हुँदैनथ्यो ।

समग्रमा काठमाडौँको सेवा र सुरक्षा, वातारण, विकास र व्यवसाय, रोजगार प्रवद्र्धन र संस्कृति र सम्पदालाई सिस्टममा ढाल्नुपर्छ । त्यसबाट निस्कने काठमाडौँको आउटपुट सफा र सुरक्षित, सभ्य र भव्य हुन्छ ।

काठमाडौँले पर्यावरण र जलवायु परिवर्तनका मुद्दामा मोडेल सहरको रुपमा विभिन्न विकसित सहरहरुसँग सम्बन्ध राखेर नेपालकै मार्केटिङ ब्रान्डिङ गर्न काठमाडौँ सक्षम हुनुपर्छ ।

काठमाडौँ राम्रो बनाउन सिस्टम सुधार गर्नुपर्छ । सिस्टम सुधार्न सिस्टम एनालिस्ट चाहिन्छ । प्रोसेस मिलाउने मान्छे चाहिन्छ । लोडसेडिङ हटाउन प्रमुख भूमिका निर्वाह गर्ने कुलमान घिसिङ जस्तो मान्छे काठमाडौँ महानगरपालिकालाई चाहिएको छ जसले म्यानेजमेन्ट गर्न सकोस् ।

अहिले पनि महानगरपालिकाको २० अर्ब स्रोतमा ८ अर्ब रुपैयाँ त बैंकमा रहेको छ । ७ अर्ब बेरुजू छ । २ अर्ब ३४ करोड मसलन्दमा खर्च छ । सोध्न गयो भने केहीको पनि स्पष्ट जबाफ दिन सक्दैनन् ।’

काठमाडौँ महानगरपालिकाको अबको बजेटको ४० प्रतिशत बजेट मेरो म्यानेजमेन्टमा स्वास्थ्यसँग सम्बन्धित धेरै शीर्षकमा जानेछ । महानगरपालिकामा करिब १५ वटा एक्सपर्टिजको अति नै महत्वपूर्ण काम छ । संस्कृति, नेवार समुदायको समस्या, फोहोर मैलाको व्यवस्थापन, नदी सरसफाइजस्ता कुरामा धेरै एक्सपर्टिजको सहायताले काठमाडौँ महानगरपालिकालाई पुन जीवन दिन जरुरी छ ।

हामी धेरै कुरामा उल्टो दिशामा गइरहेका छौँ । अहिलेका उम्मेदवारहरुले पनि विगतकै जस्तो फोहोर मैलाको समस्या समाधान गर्छु भन्नुभएको छ जुन गलत हो । काठमाडौँको फोहोर सिसडोल र बञ्चरेडाँडामा लगेर फ्याल्नु समाधान हो त रु फोहोर त्यसरी जम्मा गर्ने होइन । डम्पिङ साइट कुनै समाधान होइन ।

हामीले जिरो फोहोर मैला अवधारणमा लानुपर्छ । बाँकी उम्मेदवारले फोहोरबाट मोहोर आउने कन्फ्युज कुरा गर्नुहुन्छ । जिरोबेस म्यानेजमेन्ट सिस्टममा रिसाइकल गरेर पैसा निकाल्न सकिने वस्तुहरु (काठ, प्लास्टिक, रबर, धातु, सिसा आदि) प्रयोग गर्न सकिन्छ । बचेको वस्तुहरु कुहिने भान्छाका हुन्छन् तिनीहरुबाट मल निकाल्न सकिन्छ । अरुलाई बण्डल गरेर बिक्री गर्ने वा रिसाइकल गर्न सकिन्छ । यति गरेपछि फोहोर केही पनि बच्दैन ।

२०७२ सालको भूकम्पका बेला ८० हजार ‘ब्लड व्याग्स’ को व्यवस्था गरेको थिएँ । त्यसको व्यवस्थापन राम्ररी नभएको भन्ने सुनेपछि निकै दुःख लाग्यो । कोभिड–१९ को बेला पनि सरकारले किनेको ‘कोभिड टेस्टिङ किट्स’हरुले काम गरेन ।

अनि मैले रोस डायग्नोस्टिक कम्पनी जहाँ काम गर्थेँ त्यहाँबाट ३० हजार ‘टेस्टिङ किट्स’ ल्याएर हस्तान्तरण गरेपछिमात्र पीसीआर परीक्षण वास्तविक रुपमा अगाडि बढ्यो । तर, त्यसको कार्यान्वयनका बेला मैले पुरै अव्यवस्थापन देखें । महानगरपालिकामा महामारीका बेला काम गर्ने व्यवस्थापकीय क्षमता एकदम कमजोर पाएँ ।