• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   अस्ट्रेलियासँग स्कटल्यान्ड ५ विकेटले पराजित, इंग्ल्यान्ड सुपर आठमा ★   तनहुँको ढाँडखोला निबुस्वाँरामा झोलुङ्गे पुल निर्माण हुँदै ★   नेपालमा भएका अवसरमा मिलेर लगानी गर्न गैरआवासीय नेपालीलाई अध्यक्ष ढकालको आह्वान ★   प्रधानमन्त्री दाहालले सम्झिए शहीद रीतबहादुर खड्काको योगदान ★   बेनी–पाखापानी सडक स्तरोन्नति सुरु ★   काठमाडौंमा आजदेखि दैनिक ४ घण्टा विजुली जाने ★   प्रतिनिधिसभामा आज तीन वटा मन्त्रालयको बजेटमाथि छलफल हुने ★   राष्ट्रपति पौडेल जर्मनीमा ★   ओली र लामिछानेले किन दाहाललाई तर्साउन थाले ? ★   हारेको खेलबाट नेपालले जितेको प्रशंसा, देश भित्रको अवस्था भने दयालाग्दो

स्थानीय तहको निर्वाचन : विराटनगरमा सुरक्षा बैठक



विराटनगर । स्थानीय तह निर्वाचन–२०७९ लाई सफल बनाउन विराटनगरको बिग होटलको सभाहलमा बुधबार अपराह्न प्रदेश सुरक्षा गोष्ठी सुरु भएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यमा सुरु भएको गोष्ठीमा गृहमन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेल, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, नेपाल प्रहरी प्रदेश नं १, सशस्त्र प्रहरी बल नेपाल, बराह बाहिनी, पकली, सुनसरीका प्रमुख कमल गिरी, राष्ट्रिय अनुसन्धान १ नं प्रदेश कार्यालय धरानका प्रमुख प्रकाशराज पाण्डे, महासेनानी भूमिभक्त बराल, झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलसहित प्रहरी अधिकृतको सहभागिता थियो ।

आसन्न स्थानीय तहको निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत बनाउन, सुरक्षा क्षेत्रमा देखिएका समस्या र समाधान एवं प्रगतिका बारेमा विस्तृत जानकारी लिने गोष्ठीको उद्देश्य रहेको बताइएको छ ।

निर्वाचनमा धाँधली हुन नदिन, स्वतन्त्र निष्पक्ष, भयरहित वातावरण सिर्जना गर्न र नागरिकमा डर तथा त्रास हुनसक्ने गतिविधि हुन नदिन सरकारको सङ्कल्प एवं प्रतिबद्धता रहेकाले सोहीअनुसारको सुरक्षा रणनीति अख्तियार गर्न बैठक आयोजना भएको मोरङका प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिनुभयो । रासस