९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

होम आइसोलेनमा उपचाररत कांग्रेस महामन्त्री खड्का अस्पताल भर्ना



अ+ अ-

काठमाडौँ । कोरोना संक्रमणपछि ५ दिनदेखि होम आइसोलेनमा उपचाररत कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का  अस्पताल भर्ना भएका छन् । 

खड्कालाई मंगलबार ‘अब्जरभेसन’ को लागि सशस्त्र प्रहरी बलको कोरोना विशेष अस्पताल भर्ना गरिएको हो ।

खड्काले आफ्नो फेसबुक पेजमार्फत अक्सिजन लेभल सामान्य भए पनि नाडीको गति (पल्स) घटेको र रक्तचाप बढेकोले अस्पताल भर्ना हुनु परेको जनाएका छन् ।

यस्तै महामन्त्री खड्काले औषधि सेवनबाट साइड इफेक्ट भएर करिब २ घण्टा निरन्तर असहज भएपछि अस्पताल भर्ना हुनु परेको जानकारी दिएका छन् ।