८ मंसिर २०८१, शनिबार
,
Latest
गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम लडाकुको बकपत्र: रसिया-युक्रेन युद्धभूमीबाट प्रचण्डलाई खुल्ला पत्र चिनियाँ दूतावासद्वारा ‘छत्रपाटी निःशुल्क चिकित्सालय’लाई विद्युतीय सवारी हस्तान्तरण केराखेतीबाट वार्षिक १० लाख आम्दानी मानव बेचबिखन गर्न लागेको आरोपमा एक जना पक्राउ लेबनानमा इजरायली हवाई आक्रमणः २० जनाको मृत्यु प्रधानमन्त्रीको चारदिने चीन भ्रमण, भेटवार्ता र सबै कार्यक्रम मंसिर १८ मा अबुधाबीमा निर्यात प्रवर्द्धनबारे छलफल लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

रातो मच्छिन्द्रनाथको रथयात्रा शुरु (फोटोफिचर)



अ+ अ-

काठमाडौं । आजबाट रातो मच्छिन्द्रनाथको रथयात्रा शुरु भएको छ । रथारोहण गरेको ४ दिनपछि रथ तान्न शुरु गरिएको हो । ललितपुरको पुल्चोकबाट रथारोहण गरी मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावालाखेलमा पु¥याएर भोटो देखाइन्छ । यससँगै मछिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ । किंवदन्तीअनुसार एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोँकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए ।

यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित चक्रधर मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए । काठमाडौं उपत्यकामा मुहार रातो भएका रक्तवलोकेश्वर करुणामयको स्थान निकै उच्च छ ।

यिनलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकार्दै उपत्यकावासीले श्रद्धाका साथ पूजापाठ र जात्रा मनाउने चलन रही आएको छ । करुणमयलाई ३२ हातका साथै ४८ फिट अग्लो रथमा विराजमान गराइन्छ । मच्छिन्द्रनाथको रथ ८०० सालमा नरेन्द्रदेवको छोरा राजा वरदेवले बनाउने चलन चलाएका थिए ।

रथलाई जात्रा अवधिभर ललितपुरको टोल टोल घुमाउने प्रचलन रहेको छ । सर्वसाधारणले यस जात्रामा आफन्तलाई बोलाएर भोज गरी जात्रा मनाउने गर्दछन् । यो जात्रा वैशाख महिनाको शुक्लपक्ष अन्तर्गत प्रतिपदादेखि असार शुक्ल चौथीसम्म करिव दुई महिना मनाउने गरिन्छ ।