• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo

बर्दियामा सडक दुर्घटना हुँदा एकको मृत्यु



बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–२ मा ट्रक र ई–रिक्सा एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गमा समान दिशातर्फ गइरहेका रा१क १८३ नंको ट्रक र भे१स ९५६२ नंको ई–रिक्सा ठाकुरबाबा नगरपालिका–१ सिंह बाहिनीचोक नजिक एकापसमा ठोक्किएर दुर्घटना हुँदा ठाकुरबाबा नगरपालिका–२ रानीपुर बस्ने पिउली धितालको दिउँसो २ बजे मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

ट्रक चालक जिल्ला दाङ तुलसीपुर उपमहानगरपालिका–४ का वसन्त नेपाली र ई–रिक्साका चालक ठाकुरबाबा नगरपालिका–८ का दीपेन्द्र विकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताउनुभयो ।