५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ओलीको राजनीतिक प्रतिवेदन : जेनजी आन्दोलनपछि बढ्यो बाह्य चलखेल News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना

उद्योग र पर्यटन केन्द्रित योजना बनाउँदैछौँ : मन्त्री लामा

उद्योग र पर्यटन केन्द्रित योजना बनाउँदैछौँ : मन्त्री लामा
अ+ अ-

कर्णाली । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामा (कार्चेन) ले उद्योग तथा पर्यटन क्षेत्रका योजना निर्माणमा जोड दिने बताउनुभएको छ ।

कर्णालीको अर्थतन्त्र वृद्धिमा सघाउने उद्देश्य राखेर आगामी आर्थिक वर्ष २०७९र८० को बजेट निर्माणमा उद्योग र पर्यटनका योजनामा जोड दिने मन्त्री लामाले राससलाई जानकारी दिनुभयो । पर्यटन अर्थतन्त्र निर्माणको एक मुख्य खम्बा भएकाले मन्त्रालयले काक्रेबिहार, सुर्खेत चौघान पार्क, प्रदेशभरको पर्यटकीयस्थलको महत्वपूर्ण सूचना दिन सुर्खेत एयरपोर्टमा डिजिटबल बोर्ड राख्ने उहाँले बताउनुभयो ।

“प्रदेश सरकारले बाह्य तथा आन्तरिक पर्यटकहरूको आकर्षणका लागि मुगु राराताल–डोल्पा से–फोक्सुण्ड ताल जोड्ने पैदलमार्ग निर्माण गर्ने योजना बनाएको छ”, मन्त्री लामाले भन्नुभयो, “सल्यानको कुपिण्डे दह, रुकुमको स्यार्पुताल, खारा जनयुद्ध सङ्ग्राहलय, कालिकोटको पचाल झरना, त्रिवेणी, पिली जनयुद्ध सङ्ग्राहलय निर्माण तथा विकासमा पनि जोड दिइनेछ ।”

राराताल वरिपरिको पर्यटकीय सर्किट निर्माणलाई निरन्तरता दिइने उहाँले जनाउनुभयो । त्यस्तै बाह्य पर्यटकहरूको आगमनका लागि कर्णाली करिडोर निर्वाध सञ्चालन र सहज आवागमनका लागि पहल गर्ने, भेरी करिडोरअन्तर्गत डोल्पासम्मको आवागमन खतरामुक्त बनाउने खालका योजनालाई बढोत्तरी दिने उहाँको भनाइ थियो ।

लिमी भ्यालीलाई त्रिदेशीय पर्यटकीय गन्तव्य बनाउने

पर्यटनमन्त्री लामाले कैलाश मानसरोवरको बेसक्याम्पका रूपमा रहेको हुम्लाको लिमी भ्यालीलाई त्रिदेशीय पर्यटकीय गन्तव्य बनाउने योजना निर्माणमा जोड दिइएको बताउनुभयो । “मानसरोवर कैलाश दर्शन गर्न भारतीय धार्मिक पर्यटक पुग्छन्”, उहाँले भन्नुभयो, “अब नेपालसँगै चीनका पर्यटकसमेत त्यहाँ ल्याउन सकिन्छ । उहाँका अनुसार लिमी भ्यालीको सातौँ शताब्दीदेखिका गुम्बाको इतिहास, त्यहाँको महत्वपूर्ण कला, संस्कृति संरक्षण, संवद्र्धन र प्रवद्र्धन गरी पर्यटकहरूको आकर्षण थलो बनाउन सकिए यहाँको अर्थतन्त्र निर्माणमा सहयोग पुग्नेछ ।”

विशेषगरी बाह्य पर्यटकलाई सिमकोट, दोजाम, कोरोन भ्याली, लिमी भ्याली, रानीसैना सैपाल हिमाल घुमाएर पुनः सिमकोट पुग्ने २१–२७ दिनको ‘कस्तुरी–नाहुर–वनचौँरी’ सर्किट निर्माण गर्ने योजना रहेको मन्त्री लामाले बताउनुभयो ।

उद्योग विकासमा प्राथमिकता

कर्णाली उद्योगमा विकास नभएको अवस्था औँल्याउँदै मन्त्रालयले अल्लो उत्पादन, जडीबुटी, काठ सिज्निङ ९सुकाउने०, सल्ली पिरल प्रशोधन उद्योग निर्माणको योजनालाई प्राथमिकता दिएको छ ।

सल्ली पिरल प्रशोधन उद्योगको दीर्घकालीन प्रभाव पर्ने र यसले मानव जीवनमा सकरात्मक प्रभाव पार्ने पर्यटनमन्त्री लामाले बताउनुभयो । त्यस्तै प्रदेशका खानीहरू आफ्ना मातहतमा राख्ने गरी प्रदेश सरकारले कानुन बनाउने तयारी गरेको उहाँको भनाइ छ ।

उद्योग मन्त्रालयले फोहर व्यवस्थापनका लागि इन्सिनेटर उद्योग निर्माण, प्लाष्टिक झोला निरुत्साहित गरी स्थानीय उत्पादनमा जोड दिने भएको छ । जलवायु अनुकूलनका लागि पानीका मूल तथा वन संरक्षण कार्यक्रम र सबै प्रकारका वनहरूको उचित व्यवस्थापन गर्ने कार्यक्रमलाई अगाडि बढाउने गरी लागिएको मन्त्री लामाले बताउनुभयो । रासस