५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव अधिकार उल्लंघनकर्ताको आरोपीलाई प्रहरी महानिरीक्षक नियुक्त गर्नु गलत:राष्ट्रिय मानव अधिकार आयोग (भिडियोसहित)



अ+ अ-

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरले सरकारले मानव अधिकार उल्लंघनकर्ताको आरोपीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको आरोप लगाउनुभएको छ । बुधवार आयोगको कार्यालयमा आयोजित पत्रकार भेटघाटका क्रममा बोल्दै आयोगका सदस्य ठाकुरले नवनियुक्त प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई मानव अधिकार उल्लंघनकर्ताको आरोप रहेको बताउनुभयो ।

उहाँले मानव अधिकार उल्लंघनकर्तालाई प्रहरी महानिरीक्षक नियुक्त गरेर सरकारले राज्यसत्ताको दुरुपयोग गरेको बताउनुभयो । महानिरीक्षक सिंहको सम्बन्धमा आयोगले अनुसन्धान गरिरहेको पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘अहिले आइजिपिको नियुक्ती जुन सरकारले गरेको छ । त्यो नियुक्ति भनेको राज्यशक्ति, अहिले राज्यको तहमा बस्ने प्रधानमन्त्री, गृहमन्त्री वा सरकारले आइजिपी माथि जुन आरोप लागेको छ । मानव अधिकार उल्लंघनकर्ताको रुपमा उनीमाथि आरोप लागेको छ ।

कुनै बेला कुवेरसिंह राणामाथि आरोप लागेको थियो २०६५ सालमा । र त्यसबेला आयोगका तत्कालिन अध्यक्ष केदारनाथ उपाध्यायको नेतृत्वको आयोगले सरकारलाई सतर्क गराएको थियो । जागरुक गराएको थियो । सिफारिस पनि गरेको थियो । लगभग अहिले हामी अनुसन्धान गर्दैछौँ । फाइलहरु हेरिरहेका छौँ । र यहाँहरुलाई पनि आग्रह के गर्न चाहान्छु भने यो पनि एक किसिमको राज्यको सत्ताको दुरुपयोग भयो । यो बेलामा टप लेभलका सुरक्षा निकायका प्रमुख बनाउँदाखेरी केही न केही गम्भिर मानव अधिकारको प्रश्न पनि हो । यहाँहरु सबैले त्यसमा अरु थप अनुसन्धान गर्न म आव्हान पनि गर्छु ।’

उहाँले महानिरीक्षक सिंहको सम्बन्धमा थप अनुसन्धान गर्न पनि सरोकारवाला सबैलाई आव्हान गर्नुभयो ।