१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ बाढीपीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख बढी सहयोग भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिम्बावे ‘ए’विरुद्ध नेपालको सानदार जित



अ+ अ-

काठमाडौं । नेपालले तेस्रो टि२० अभ्यास खेलमा जिम्बावे एलाई ८ विकेटले हराएको छ ।

जितको लागि १ सय ३७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १५.५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । नेपालको जितमा ओपनर तथा विकेटकिपर आसिफ शेख ८७ रनमा अविजित रहे । उनले ५४ बलमा १३ चौका र १ छक्का प्रहार गरे ।

यस्तै,कुशल भुर्तेल २६ बलमा २ चौका र २ छक्कासहित ३४ रनमा बोल्ड भए । ब्रेन्डन मभुताले कुशललाई बोल्ड गरेका हुन् ।

त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर ब्याटिङ थालेको जिम्बावे ए ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३६ रन बनाएको थियो । जिम्बावे ए का रोय कैयाले ४१ बलमा ७ चौकासहित सर्वाधिक ४९ रन बनाए ।

ओपनर इनोसेन्ट कैया १४, टडिवानाशे मरुमानी २७ र टोनी मन्योङ्गा २ रनमा आउट भए । ल्यूक जोंगवे २३ बलमा २ चौकासहित २३ रनमा अविजित रहे ।

नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा २५ रन खर्चिँदै २ विकेट लिए । सोमपाल कामी र बसिर अहमदले एक–एक विकेट लिए । तीन टि२० सिरिजमा नेपाल पहिलो खेलमा ६ विकेटले पराजित भएको थियो । दोस्रो खेल भारी वर्षाको कारण रद्द भएको थियो ।

योसँगै तीन टि२० खेलको सिरिज १–१ को बराबरीमा सकिएको छ । अब नेपाल र जिम्बावे ए बीच तीन एकदिवसिय अभ्यास खेल हुनेछ ।