२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायाधीश नियुक्तिमा नातावाद, परिवारवाद र फरियावाद चल्दैन: कामु प्रधानन्यायाधीश कार्की



अ+ अ-

काठमाडौँ । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायाधीश नियुक्तिमा नातावाद, परिवारवाद र फरियावाद नहुने प्रतिबद्धता जनाउनुभएको छ ।

सर्वोच्च अदालत बार एशोसिएशन कार्यसमितिसँगको भेटघाटमा कामु प्रधानन्यायाधीश कार्कीले न्यायाधीश नियुक्ति योग्यता, क्षमता र गुणस्तरीयताका आधारमा हुने आश्वासन दिनुभएको भेटमा सहभागी कार्यसमिति सदस्य अनन्तराज लुइँटेलले जानकारी दिनुभयो ।

उहाँले न्यायाधीश नियुक्तिको मापदण्ड तयार गर्न कानूनमन्त्रीको संयोजकत्वमा एक समिति गठन भएको र त्यसले काम गरिहेको जानकारी गराउँदै नियुक्तिमा विभेद नहुने प्रतिबद्धता जनाउनुभएको हो ।

हाल उच्च अदालतमा ५ र अन्य न्यायाधीश १५ जना तथा जिल्ला अदालतमा न्यायाधीशहरु रिक्त रहेका छन् । यसैगरी सर्वोच्च अदालतमा पनि जेठको पहिलो साताबाट दुई न्यायाधीश अवकास हुँदैछन् । न्यायाधीशहरु मीरा खड्का र तेजबहादुर केसी अवकास हुन लाग्नु भएको हो ।

भेटघाटमा प्रधानन्यायाधीश कार्कीले न्यायालय सुधारका लागि आफू प्रतिबद्ध रहेको जनाउँदै गुनासो नै गर्नुपर्ने अवस्था आउन नदिने बताउनुभयो । उहाँले गोला प्रथामा प्रश्न नउठाउन आग्रह गर्दै गोलाप्रथामा नेपाल बारका प्रतिनिधि उपस्थित हुन सक्ने बताउनुभयो ।

कामु प्रधानन्यायाधीश कार्कीले सर्वोच्चमा केही हेर्न नमिल्ने मुद्दा रहेको र त्यसलाई कसरी निरुपण गर्ने भन्ने बारेमा न्यायाधीश तिलप्रसाद श्रेष्ठको संयोजकत्वमा एक समितिले काम गरिरहेको जानकारी गराउनुभयो ।

वरिष्ठ अधिवक्ताको उपाधि दिने सन्दर्भमा पनि असन्तुष्टि रहेको बारे कामु प्रधानन्यायाधीश कार्कीले यसबारेमा छलफल भइरहेको जानकारी गराउँदै १३८ जनाको बारेमा जेठ ६ गते छलफल हुने बताउनुभयो ।

सर्वोच्च अदालतको भौतिक निर्माणको काम सहजरुपमा हुन नसकेको बारे राखेको जिज्ञासमा कामु प्रधानन्यायाधीश कार्की मौन बस्नु भयो । भौतिक निर्माण समितिको संयोजकमा हाल पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नै रहनुभएको छ । यसअन्तरगत करिब रु ६ अर्बका परियोजनाहरु रहेका छन् ।