• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला ★   दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ ★   एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो ★   कांग्रेसले गिरिजाको शताब्दी जन्मजयन्तीमा फोटो प्रदर्शनी गर्ने ★   रिलिज हुनुअघि नै रेकर्ड तोड्यो प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ले ★   गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा प्रवाहित रकमबारे संसदीय समितिको चासो ★   चार जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध ★   ग्लोबल आइएमई बैंकले ओपेक फण्डबाट २५ मिलियन डलर ऋण लिँदै

नेपालका लागि भारतीय राजदूतमा नवीन श्रीवास्तव



Navin Sriwastava
नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव

काठमाडौँ । नेपालका लागि भारतीय राजदूतका लागि भारत सरकारले नवीन श्रीवास्तवलाई औपचारिरुपमा प्रस्ताव गरेको छ ।

भारतीय अखबार ‘द हिन्दुस्तान टाइम्स’ का अनुसार श्रीवास्तवलाई नेपालका लागि राजदूतमा पठाउन लागिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी जेठ २ गते पर्ने बुद्ध जयन्तीका अवसरमा गर्नुहुने नेपाल भ्रमण अगावै भारतले काठमाडौँमा नयाँ राजदूत पठाउन लागेको बताइएको छ ।

भारतीय विदेश मन्त्रालयमा पूर्वी एसिया डिभिजन हेर्ने श्रीवास्तवले दुई वर्षअघि लद्दाखमा चीनसँग सुरु भएको सीमा विवाद विषय सुल्झाउन कूटनीतिक र सैनिक संवादमा उल्लेखनीय भूमिका खेलेका थिए ।

यसअघिका नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारतीय विदेश सचिवमा पदोन्नति भई कार्यभार सम्हाले पछि नेपालमा भारतीय राजदूतको पद रिक्त छ ।

वर्तमान अवस्थामा श्रीवास्तवले भारतीय विदेश मन्त्रालयलमा रहेर चीन, जापान, उत्तर र दक्षिण कोरिया तथा मंगोलिया मामिला हेर्दै आएका छन् । उनी चीन मामिलामा अनुभवी कूटनीतिज्ञ भएको भारतीय सञ्चार माध्यमहरुले बताउँदै आएका छन् । उनले चीनको सांघाईमा भारतीय कन्सुलर जनरलको रुपमा काम गरिसकेका छन् ।