६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

घोषणापत्रमा छैनन् मजदुर र दलितका कुरा

घोषणापत्रमा छैनन् मजदुर र दलितका कुरा
अ+ अ-

गलकोट । मङ्गलबार पाँच दलीय गठबन्धनका तर्फबाट बागलुङ नगरपालिको घोषणपत्र सार्वजनिक भयो । नगरपालिकाको विकास र समृद्धिका लागि सात अठोटसहितको घोषणापत्र सार्वजनिक गरियो । नेपाली कांग्रेसबाट बागलुङ नगरपालिकाकोे नगरप्रमुखका उम्मेदवार वसन्तकुमार श्रेष्ठ र नेकपा (माओवादी केन्द्र) बाट उपप्रमुखका उम्मेदवार राजु खड्काले संयुक्त रुपमा प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभयो ।

आइतबार नेकपा (एमाले) र राष्ट्रिय प्रनातन्त्र पार्टीले संयुक्त घोषणपत्र सार्वजनिक गर्यो । एमालेबाट नगरप्रमुखका उम्मेदवार जनकराज पौडेल र राप्रपाबाट नगरउपप्रमखका उम्मेदवार सञ्जय खड्काले संयुक्त रुपमा प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभयो । दुवैको घोषणापत्रमा जनताको आधारभूत आवश्यकतासँगै महत्वकांक्षी योजना बढी छन् । मजदुर, दलित, अपाङ्गता, ज्येष्ठ नागरिक, खानेपानी, बजार क्षेत्रमा सार्वजनिक शौचालय र सार्वजनिक खानेपानीको धारो बनाउने कुरा दुवैको घोषणापत्रमा कम प्राथमिकता दिएको पाइन्छ ।

जनताले शिक्षा, स्वास्थ्य, खानेपानी तथा नगरपालिकाको सेवा सहजरुपमा नपाएको अझै गुनासो गरिरहेकै छन् । नगरपालिकाले आगामी पाँच वर्षमा पूरा गर्न र लागतको हिसाबले धेरै खर्चिला योजनासमेत घोषणापत्रमा उल्लेख गरेका छन् । नगरपालिकाको आफ्नै भवन छैन, जग्गा व्यवस्थापनको कुरा समेटिएको पाइदैन । अहिले कृषि कार्यालयबाट सञ्चालित नगरपालिकाले आफ्नो भवन कहिले पाउने घोषणापत्रमा उल्लेख छैन ।

केवल ढलको पानी प्रशोधन गरी वाटरपार्क, काठेखोला थुनेर ताल बनाउने, भीरमा फूल रोप्ने योजना घोषणापत्रमा समेटिएका छन् । एमाले–राप्रपाको घोषणापत्रमा काठेखोला थुनेर बहुउदेश्यीय जलविहार परियोजना, प्रत्येक वडामा तीन/तीन खेलमैदान, म्याग्दी, पर्वत र बागलुङको सङ्गमस्थलमा मितेरी पुल, शहरी विकासको योजना, विद्युतीय र टेलिफोनका तारलाई भूमिगत गर्ने, औद्योगिक ग्राम सञ्चालन गर्ने, घरदैलोमै स्वास्थ्य सेवा दिनेजस्ता महत्वकांक्षी योजना सार्वजनिक गरेको छ । वार्षिक रु एक अर्ब बजेट सार्वजनिक गर्ने नगरपालिकाले करोडौँका योजना सम्पन्न गर्ने, जग्गा अभावमा थलिएको औद्योगिक ग्राम बनाउछु भन्ने योजना महत्वकांक्षी योजना हुन् ।

संयुक्त पाँच दलीग गठबन्धले सार्वजनिक गरेको बागलुङ नगरपालिकाको घोषणापत्रमा उस्तै महत्वकांक्षी योजना छन् । आयातमा धानिएको बागलुङ नगरपालिकामा कृषिमा आत्मनिर्भर गराउने भन्ने गठबन्धनको घोषणापत्र झनै महत्वकांक्षी पाइन्छ । कालिका मन्दिरको भीरमा फूलले सजाउने, श्रम बैंक स्थापना गरी बेरोजगार युवालाई रोजगार दिइने, धौलागिरि अस्पताललाई शिक्षण अस्पताल बनाइने, अधुरो रहेको हरी खड्का ट्रमा सेन्टर सञ्चालन गर्ने, नेपालभित्र तीर्थयात्रा गर्न विशेष सहयोग उपलब्ध गराइने, वैतनिक स्वयंसेवकमा आबद्ध गराइने, विद्युतीय तारलाई भूमिगत गर्ने, कुकुरगाडे कुस्मा लामो झोलुङ्गे पुल निर्माण गर्ने, बलेवा विमानस्थल सञ्चालन गर्ने, पुरानो बजारलाई संरक्षण गर्ने, नदी किनारमा वाटरपार्क, कालिगण्डकी नदी दोहन रोक्नेलगायत योजना छन् ।

विद्यालयमा पढ्दै कमाउँदै, भविष्यका लागि शुक्रबार र व्यवस्थित ढल निर्माण गर्नेलगायत कुरा प्रतिबद्धतापत्रमा उल्लेख छ । नगरपालिकाले आगामी पाँच वर्षमा पुरानो बजारलाई संरक्षण, नयाँ बजारलाई हरियाली, रिङरोड कालोपत्रे गर्ने र धौलागिरि अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्ने जस्ता एजेण्डा समावेश गरिएको नगरप्रमुखका उम्मेदवार वसन्तकुमार श्रेष्ठ बताउनुहुन्छ ।

नेकपा (माओवादी केन्द्र) का पुराना नेता बाबुलाल शाक्यले बागलुङ नगरपालिका–३ मा वडाध्यक्ष पदमा स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको छ । उहाँले ढल निकाश गर्ने प्रतिबद्धता जनाउनुभएको छ । रासस