९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान मिचिँदा पनि सञ्चारमाध्यम चुपै लागेको जस्तो देखिएको छ: अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्पादकहरुसँग अन्तरक्रिया गर्दै देउवा नेतृत्वको सरकारलाई सञ्चारमाध्यमको खबरदारी नपुगेको बताएका छन् । 

मंगलबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै उनले संविधान मिचिँदा पनि सञ्चारमाध्यम मौन रहेको गुनासो गरेका हुन् । 

उनले भने, ‘खबरदारी गरेन भने सरकार लापरवाह हुँदोरहेछ । अहिलेको सरकारप्रति खबरदारी पुगेन कि जस्तो छ । संविधानको मतलब छैन । कानूनको मतलब छैन । सञ्चारमाध्यम उतै छन् । संविधान मिचिँदा पनि सञ्चारमाध्यम चुपै लागेको जस्तो देखिएको छ ।’