१० बैशाख २०८२, बुधबार
April 23, 2025 Wednesday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 18.03

Wind: 1.54

Humidity: 72

तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रसँग निर्वाचन आयोगले माग्यो जवाफ



अ+ अ-

काठमाडौँ । निर्वाचन आचारसंहिता प्रतिकूल गतिविधि गरेको भन्दै निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) काठमाडौँसँग जवाफ माग गरेको छ ।

‘त्यस दलको तर्फबाट कलैया उपमहानगरपालिका २३ का वडा अध्यक्ष विक्रम साह लगायतका व्यक्तिहरूले माओवादी केन्द्रको चुनाव चिह्न अङ्कित टिसर्ट सहित प्रचारमा देखिएको समाचार सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट जानकारी हुन आएकाले सो कार्य त्यस दलबाट भएको हो होइन ?’ भनी आयोगले जवाफ माग गरेको छ ।

‘सो दलले निर्वाचन आचारसंहिता २०७८ को दफा ४ को खण्ड (घ) विपरीतको कार्य गरेको देखिँदा त्यस दललाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम किन कारवाही नगर्ने भन्ने विषयमा ३ (तीन) दिनभित्र आधार प्रमाणसहित आयोगलाई स्पष्ट गरी जवाफ उपलब्ध गराई दिन हुन आदेशअनुसार अनुरोध गरिन्छ’ पत्रमा उल्लेख छ ।