१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायाधीश माथेमाको इजलासमा आईजीपी नियुक्ति विरुद्धको रिटको सुनुवाई



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतमा प्रहरी महानिरीक्षक (आइजीपी) पदमा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदन आज सुनुवाई हुदैछ ।न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा रिट निवेदनमाथि सुनुवाइ हुने गरी पेसी तोकिएको हो ।

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले दायर गरेको रिट निवेदनमा आफूभन्दा डेढ वर्ष कनिष्ठलाई बढुवा गर्ने सरकारको निर्णय बदर गर्न माग गरिएको छ ।
गत आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध पोखरेलले सोमबार रिट निवेदन दायर गर्नुभएको हो । रिट निवेदनको प्रारम्भिक सुनुवाइ आज हुदैछ ।