• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

भिल्लारियललाई पन्छाउँदै लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा



एजेन्सी । इंग्लिस फुटबल क्लब लिभरपुल यइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको दोस्रो चरणको खेलमा स्पेनिस क्लब भिल्लारियललाई ३–२ गोलले तथा समग्रमा ५–२ को नतिजासहित लिभरपुलले फाइनलमा स्थान बनाएको हो ।

गएराति सम्पन्न दोस्रो चरणको खेल भिल्लारियलको घरेलु मैदानमा भएको थियो । खेलको तेस्रो मिनेटमा नै बोलाए डियाले गोल गर्दै भिल्लारियललाई सुरुवाती अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा फ्रान्सिस कोकलिनले गोल गर्दै भिल्लारियलको अग्रता दोब्बर पारे ।

तर, दोस्रो हाफमा लिभरपुल खेलमा फर्कियो । ६२ औं मिनेटमा फाबिन्होले, ६७ औं मिनेटमा लुइस डियाज र ७४ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई दोस्रो चरणमा पनि जित दिलाए ।

लिभरपुलले अब उपाधिका लागि आज राति हुने रियल मड्रिड र म्यान्चेस्टर सिटीबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल मे २९ मा हुनेछ ।