२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै

वानीरा फाउन्डेसन: मूर्ति, सङ्ग्रहालय र पुरस्कार

वानीरा फाउन्डेसन: मूर्ति, सङ्ग्रहालय र पुरस्कार
अ अ+ अ-

काठमाडौँ । महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले मंगलबार राजधानी काठमाडौँमा एक समारोहका माझ वानीरा फाउन्डेसन भवनको उद्घाटन गर्नुभयो ।

सोही अवसरमा महासमालोचक प्रा.डा. त्रिपाठीले नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीको पूर्ण कदको प्रतिमा उद्घाटन गर्नुभयो । साथै उहाँले वानीरा सङ्ग्रहालयको पनि उद्घाटन गर्नुभयो ।

त्रिपाठीले  सुप्रसिद्ध साहित्यकार कालीप्रसाद रिजाललाई एक लाख रुपियाँ राशि सहित वानीरा प्रज्ञा पुरस्कार, मुक्तक सम्राज्ञी उषा शेरचनलाई पचास हजार रपियाँ राशि सहित वानीरा पुरस्कार र मूर्तिकार महेश तुलाधरलाई पच्चीस हजार रुपियाँ राशि सहित वानीरा कला पुरस्कार समर्पण गर्नुभयो ।

पति इञ्जिनियर शङ्कर गिरीको  इच्छा बमोजिम वानीरा फाउन्डेसनको स्थापना भएको हो । डा.वानीरा गिरीको २०७८ साल जेठ ९ गते कोरानाका कारण निधन भएको थियो ।

श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी, कालीप्रसाद रिजाल, उषा शेरचन, वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई.शङ्कर गिरी र सदस्यसचिव नरेन्द्रराज प्रसाईबाट मन्तव्य प्रकट भएको थियो ।

काे हुन् वानीरा गिरी 

वानीरा गिरीकोे जन्म २००१ साल वैशाख १३ गते अक्षय तृतीयाका दिन दार्जिलिङको खरसाङमा भएको थियो । उनले स्थानीय सेन्ट जोसेफ स्कुलबाट एसएलसी पास गरिन् । आईएस्सी पढेकी वानीराले २०२२ सालमा उत्तर बङ्ग विश्वविद्यालयबाट स्नातक उत्तीर्ण गरिन् ।

राजा महेन्द्रको इच्छामा वानीरा बीएको पुर्जा हातमा बोकेर २०२२ सालमा काठमाडौं आइन् र एमएमा भर्ना भइन् । नेपाली विषयमा एमए उत्तीर्ण भएपछि उनले पढाउन थालिन् । त्रिभुवन विश्वविद्यालयको स्थायी उपप्राध्यापक भएपछि उनले सोही विश्वविद्यालयबाट एमएड पनि उतीर्ण गरिन् । त्यसपछि उनले पीएच्डी गरिन् र नेपाली साहित्यमा पीएच्डी गर्ने उनी प्रथम नारी भइन् ।

दार्जिलिङबाट काठमाडौं आएकै वर्ष नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट आयोजित कविता महोत्सवमा वानीरा द्वितीय भएकी थिइन् । उनी विश्व नारी नेपाली साहित्य रत्नको उपाधिका साथै प्रबल गोरखादक्षिणबाहू, महेन्द्र विद्याभूषण (प्रथम), रत्नश्री स्वर्ण पदक, सैनध्वज नन्दकुमारी पुरस्कार, नेपाल राजकीय प्रज्ञा पदक, विश्वनारी नेपाली साहित्य पदक, भानुभक्त स्वर्ण पदक, मधुपर्क पुरस्कार, साझा पुरस्कार, लोकप्रियादेवी पुरस्कार, भानुभक्त पुरस्कार, महाकवि देवकोटा पुरस्कार, नेपाली कलासाहित्य डटकम पुरस्कार आदिबाट सम्मानित भएकी थिइन् ।

नइको संयोजन र त्रिमूर्ति निकेतनको आयोजनामा डा.वानीरा गिरीलाई २०७१ सालमा प्रधानमन्त्री सुशील कोइरालाद्वारा रथारोहण गराइएको थियो । सोही अवसरमा प्रधानमन्त्री कोइरालाबाट डा।गिरी पाँच लाख रुपियाँ राशि सहित ‘नेपाली साहित्यका विश्व नारीरत्न’को उपाधिद्वारा सम्मानित भएकी थिइन् । सो समारोहमा प्रधानमन्त्री कोइरालाले डा.गिरीलाई उनकै उचाई बराबरको ताम्रपत्रसमेत समर्पण गरेका थिए ।

वानीराले २०३३ सालमा रुसमा सम्पन्न अफ्रोएसियाली युवा लेखक सम्मेलनमासमेत नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेकी थिइन् । उनी उक्त सम्मेलनमा भाग लिने पहिलो नेपाली नारी प्राज्ञ थिइन् । उनीभन्दा १८ वर्षअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाले त्यसै सम्मेलनमा प्रतिनिधित्व गरेका थिए ।

वानीराको २०२३ सालमा इन्जिनियर शङ्कर गिरीसँग बिहे भयो । यी दम्पतिबाट एक छोरी अपराजिता र एक छोरा अपूर्वको जन्म भयो ।

वानीरा लामो समयदेखि मधुमेहको शिकार थिइन् । साथै उनी २०७३ सालदेखि बिस्मृतीजन्य रोग अर्थात् डिमेन्सियाबाट पनि पिडीत हुन थालेकी थिइन् । अनि उनी त्यसपछिको दुई वर्षदेखि नै अर्धचेतनाको दिनचर्या धानिरहेकी थिइन् । उक्त समयमा उनका पति ई.शङ्कर गिरीले उनको अटुट सेवा गरिरहे । साथै उनका पति वानीराको कृतित्वको थप अमरत्व कायम गर्ने हिसावमा लागिपरे । फलस्वरप शङ्कर गिरीकै प्रबल इच्छाले २०७६ सालमा वानीरा फाउन्डेसनको स्थापना भयो । वानीरा फाउन्डेसनका लागि भवन तथा उक्त भवनभित्र वानीरा सङ्ग्रहालय, वानीरा सभाकक्ष र फाउन्डेसनको परिसरमा डा.वानीरा गिरिको पूर्णकदको सालिकसमेत निर्माण भएको छ ।

नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीलाई कोरोनाको सङ्क्रमण भएको थियो । त्यसै रोगले उनी २०७८ साल जेठ ९ गते आइतबार राति १० बजे स्वर्गीय भइन् ।