४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

मुलुकको राष्ट्रिय सम्पत्तिको लेखा परिक्षण आवश्यक – अर्थमन्त्री

मुलुकको राष्ट्रिय सम्पत्तिको लेखा परिक्षण आवश्यक – अर्थमन्त्री
अ+ अ-

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको राष्ट्रिय सम्पत्तिको लेखा परिक्षण गर्नु पर्ने आवश्यकता भएको बताउनु भएको छ ।

मंगलबार काठमाडौंमा सुरु भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री शर्माले राष्ट्रिय सम्पत्ति पहिचान गर्नको लागि मुलुकको राष्ट्रिय सम्पत्तिको लेखा परिक्षण गर्नु पर्ने आवश्यकता भएको बताउनु भएको हो । उहाँले मुलुकको विभिन्न क्षेत्रमा लेखा परिक्षण गरेर राष्ट्रको सम्पत्ति एकिन गर्न सक्नु पर्ने बताउनु भयो । मुलुक भित्रका हिमालहरु, तराई, पहाड, नदिहरु, झरनाहरु , श्रमिक र युवा बहुल श्रमिकहरुको मूल्य पहिचान गरेर लेखा परिक्षण गर्नु पर्ने बेला आएको भन्दै मन्त्री शर्माले लेखा परिक्षकहरुलाई परिक्षण गर्न आग्रह गर्नु भयो । उहाँले यस्तो कुराहरुको लेखा परिक्षण नगरि राष्ट्र निर्माणलाई नयाँ दिशा दिन नसकिने बताउनु भयो । मन्त्री शर्माले मुलुकको राष्ट्रिय स्वाधिनता जोगाउन र आत्मनिर्भर बनाउनको लागि आफ्नो इमान्दारिताको समेत परिक्षण गर्न जरुरी रहेको दोहो¥याउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब हामीले राष्ट्रिय सम्पत्तिको लेखा परिक्षण गर्नु पर्ने आवश्यकता भएको हुनाले यहाँहरुको ध्यान त्यतातिर केन्द्रित गर्न चाहान्छु । हामी हाम्रो राष्ट्रको कति हो सम्पत्ति लेखा परिक्षणवालाहरुले परिक्षण गर्नु पर्ने बेला भयो । विभिन्न क्षेत्रको लेखा परिक्षण गरेर अब राष्ट्रको सम्पत्ति यति हो भनेर भन्न सक्नुपर्छ । हाम्रा हिमालहरु,तराई,पहाड, नदिहरु र हाम्रो झरणाहरुको मूल्य कति हो । हाम्रा श्रमिकहरु, युवाबहुल श्रमिकहरुको मूल्य कति हो ?त्यसको मूल्य पहिचान गरेर लेखा परिक्षण गर्नु पर्ने बेला भएको छ । यहाँहरुलाई मैले त्यो आग्रह गर्न चाहान्छु । त्यसो नगरीकन यो राष्ट्र निर्माणलाई नयाँ दिसा दिन सकिदैन । अब हाम्रो दुई वटा नारा हुनुपर्छ । एउटा राष्ट्रिय सधिनता,अर्को आत्मनिभरता यी एक अर्काका पुरक हुन । यीनलाई अलग गर्न सकिदैन । सँगै जोडेर जाँदा हामीले लेखा परिक्षण गरौंँ। आफ्नो आफ्नो इमानदारिताको परिक्षण गरेर राष्ट निर्माण प्रति इमानदार बनौंँ ।’

अर्थमन्त्री शर्माले मुलुकमा विद्यमान गरिबी अन्त्य नहुनुको कारण खोजी गर्न पनि लेखा परिक्षण गर्नु पर्ने बेला भएको बताउनु भयो । उहाँले विगतमा लेखा परिक्षण गर्दा प्लस राख्ने ठाउँमा शुन्य राखिएकाले गरिबी अन्त्य नभएको बताउनु भयो । अब मुलुकको गरिबीको लेखा परिक्षण गरिएन भने गरिबी अन्त्य गर्न नसकिने मन्त्री शर्माको तर्क थियो । उहाँले कसरी मुलुकमा व्यापार घाटा भइरहेको छ, त्यसको पनि लेखा परिक्षण गरिएन भने थप चुनौती बढ्दै जाने बताउनु भयो । मुलुकमा हुने उत्पादन, कृषि जमिनको समेत लेखा परिक्षण गर्नु पर्ने भन्दै अर्थमन्त्री शर्माले यस्ता कुराको लेखा परिक्षण नहुँदा ८ महिनामा ३ अर्बको आयात गर्नु परेको बताउनु भयो ।

अर्थमन्त्री शर्माले भन्नुभयो, ‘मुलुकमा गरिबी किन छ । बहुआयामिक रुपमा गरिबी किन छ यसको लेखा परिक्षण गर्ने बेला भएको छ। त्यसको त्रुटि पत्ता लगाउनु प¥यो । लेखा परिक्षण गर्दा कहाँ पल्समा माइनस भयो । कहाँ शुन्य राखियो । आज मुलुकको गरिबीको लेखा परिक्षण गरिएन भने गरिबी अन्त्य गर्न सक्दैनौं । आज हामीले व्यापार घाटाको कुरा गरि रहेका छौं । बिओपी घाटामा गएको कुरा गरेका छौं अब हामीले त्यसको लेखा परिक्षण गर्नु पर्ने बेला भएको छ । कहाँ गल्ती भयो कहाँ इमानदारितामा लुज भयो वा भुलचुकमा भयो । त्यो कुराको लेखा परिक्षण गर्नु पर्ने बेला भएको छ। त्यसको लेखा परिक्षण गर्न सकिएन भने व्यापार घाटा बढ्दै जान्छ । हामीले मुलुकको उत्पादनको, कृषि जमिनको लेखा परिक्षण गर्नु पर्ने भएको छ । हाम्रोमा उत्पादनको सम्भावना हुदाँहुँदै किन ८ महिनामा ३ अर्बको आयात गर्नू परेको छ । यसको पनि लेखा परिक्षण गर्न पर्ने भएको छ । यो विषयमा मेरो जिम्मेवारी हो । तर हिजो पनि लेखा परिक्षणमा क्रुटी भएको छ कि भने खोज्दै छु । लेखा परिक्षण गर्दा भाग गर्ने चिन्ह प्रयोग गर्न पर्ने स्थानमा गुणा गरियो भने ठूलो समस्या हुन्छ । त्यसैले लेखा परिक्षण गर्दा अत्यन्त इमानदारिता,जिम्मेवारी भएर काम गर्नू पर्ने हुन्छ । लेखा परिक्षण गर्ने व्यक्ति व्यक्तिगत स्वाथ्र्यमा लाग्यो भने देश र अर्थतन्त्रमा वा समग्र प्रणालीलाई नै असर गर्छ ।’

अर्थमन्त्री शर्माले विगतमा लेखा परिक्षणमा कहाँ–कहाँ त्रुटी भएको छ ? त्यसको खोजी भईरहेको बताउनु भयो । लेखा परिक्षकहरुले परिक्षण गर्दा भाग गर्ने चिन्ह प्रयोग गर्न पर्ने स्थानमा गुणा गरियो भने ठूलो समस्या र चुनौती आउनु भन्दै मन्त्री शर्माले इमानदारिता, जिम्मेवारी भएर लेखा परिक्षण गर्नु पर्ने बताउनु भयो । उहाँले लेखा परिक्षण गर्ने परिक्षक व्यक्तिगत स्वाथ्र्यमा लाग्यो भने देशको अर्थतन्त्र वा समग्र प्रणालीमा नै असर पर्नेतर्फ सचेत गराउनु भयो ।