४ पुष २०८२, शुक्रबार
,
Latest
निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक राजु लामाले सबैभन्दा उचाइमा कन्सर्ट गरेर राखे विश्व कीर्तिमान



अ+ अ-

कामठमाडौँ । गायक राजु लामाले विश्वको सबैभन्दा उचाइमा कन्सर्ट गरेर विश्व कीर्तिमान बनाएका छन् । उनले सगरमाथा क्षेत्रमा छ हजार ५७४ मिटरको उचाइमा एकल कन्सर्ट गरेर कीर्तिमान राखेका हुन् ।

यो पनि पढ्नुहोस गायक राजु लामा र अभिनेत्री दिया पुन सगरमाथा आरोहण गर्दै

गायक लामाले गरेको सो कन्सर्ट सबैभन्दा उचाइमा गरिएको सांगीतिक कार्यक्रम बनेको छ । सगरमाथाको क्याम्प– ३ मा पुगेर जलवायु परिवर्तनको असरबारे सन्देश दिन गायक लामाले ‘हिमालले डाक्यो मलाई’ बोलको नयाँ गीत गाएका थिए ।

कन्सर्टमा उनले मंगोलियन हर्ट ब्यान्डका केही चर्चित गीतसमेत गाएका थिए । सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोस्ट गर्दै उनले लेखेका छन्, “६५ सय मिटरभन्दा माथिको उचाइमा गीत गाउन सजिलो छैन तर मलाई त्यहाँको पातलो हावा र चुनौती मन पर्‍यो। हाम्रो उद्देश्य जलवायु परिवर्तन र दैनिक जीवनमा विश्वभरि यसको प्रभावबारे सचेतनाको सन्देश दिनु हो।”

गायक लामाले सन् २०१२ मे १६ मा मेरापिक हिमालको छ हजार ४७६ मिटर उचाइमा कन्सर्ट गरेर गिनिज विश्व रेकर्ड राखेका बेलायती गायक ओज बेल्डोनको कीर्तिमान तोडेका हुन् ।

फोटो- राजु लामाको फेसबुकबाट