३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी आन्दोलनपछिको तीन महिनामा सरकारले पुनरुत्थान र पुनःनिर्माणको बाटोमा आशा जगायोः मन्त्री खनाल शेखर कोइराला संसद पुनर्स्थापनाको पक्षमा खुले, गगन थापा किन मौन ? मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले उम्मेदवारको घरदैलोमा पूर्वमन्त्री बुद्धीराज बज्राचार्य



अ+ अ-

ललितपुर । नेकपा एमाले ललितपुर महानगरपालिकाको २१ वर्ष लामो मेयरको बागडोर सम्हाल्नुभएका बुद्धीराज बज्राचार्य नेकपा एमाले ललितपुर महानगगरपालिका उम्मेदवारसँग घरदैलो अभियानमा सहभागि हुनुभएको छ ।

८६ वर्षे बज्रचार्य बिहानैदेखि ललितपुर महानगरपालिकाको २० नम्बर वडाका विभिन्न टोलमा मत माग्दै हिँड्नुभएको थियो ।

मेयरका उम्मेदवार हरीकृष्ण ब्यञ्जनकार र उपमेयर मञ्जली शाक्य, वडाका अध्यक्षका उम्मेदवार इन्द्रमुनी बज्राचार्य र वडा सदस्यका उम्मेदवार सहित आज बिहान घरदैलो अभियानमा लाग्नुभएको थियो ।

५ वर्ष सम्म वडाअध्यक्ष र त्यसपछि मेयरको जिम्मेवारी सम्हाल्नुभएका बज्राचार्यले एमालेलाई सहयोग गर्न घरदैलो अभियानमा सहभागि हुनुभएको हो । पुर्वमन्त्री बज्राचार्यले ललितपुर महानगरपालिकालाई सांस्कृतिक महानगर बनाउन एमालेको विजयी आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘मैले हाम्रो भन्दापनि राम्रो उम्मेदवार जिताउन अभियानमा सहभागि भएको हुँ ।’ उहाँ वडा नम्बर २० का स्थायीवासी हुनुहुन्छ । उहाँले पद्मावती महाविहारमा आयोजित घरदैलो अभियानमा उहाँले आफ्नो साथ र समर्थन एमालेका उम्मेदवारसँग रहेको बताउनुभयो ।

मेयरका उम्मेदवार ब्यञ्न्जनकारले ललितपुर महानगरपालिकालाई यो स्थानमा ल्याउन पुर्वमन्त्री एवं दुई दशक लामो मेयरपद सम्हाल्नुभएका समाजसेवी बज्राचार्यको महत्वपुर्ण योगदान रहेको बताउनुभयो ।

हाल उहाँ ललितपुर विकासको लागि समाजका अध्यक्ष हुनुहन्छ । उहाको संस्थाको सहयोगमा महानगरभित्र करिब एक दर्जन बढी बिहार र सम्पदाको पुननिर्माण सम्पन्न भइसकेको छ ।

उपमेयरका उम्मेदवार मञ्जली शाक्यले उहाको साथ,सहयोग र हौसलाले निर्वाचनमा जित हासिल गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो– ‘उहाँकै कारण ललितपुर महानगरको विकास भएको हो,विश्वभरबाट परिचित पुर्वमन्त्री बज्राचार्यकै कारण ललितपुरलाई विश्वको नजरमा सम्पदाको शहर बनाउन मुख्य भुमिका रहेको छ ।’

वडा अध्यक्षका उम्मेदवार इन्द्रमुनी बज्राचार्यले पुर्वमन्त्री बज्राचार्य कारण समग्र ललितपुरका विकास सम्भव भएको तर्क राख्नुभयो । उहाँकै प्रेरणा र महानिर्देशनबाट हामीले यो निर्वाचनमा विजयी हासिल गर्नेछौ–अध्यक्ष बज्राचार्यको भनाई छ । सो अवसरका पुर्वमन्त्री बज्रचार्यले मेयर, उपमेयर वडा अध्यक्ष र सदस्यलाई शुभकामना दिनुभएको थियो ।