२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इस्लाम धर्मावलम्बीहरूको ठूलो पर्व इद उल फित्र (फोटो फिचर/भिडियो)



अ+ अ-

काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको ठूलो पर्व इद उल फित्र (इद) आज हर्षोल्लासका साथ धुमधामले बनाएका छन् । पवित्र महिना रमजानको एक महिनाको लामो कठोर व्रत (रोजा)पछि आज बिहान ‘इद उल फित्र’ इदको सामूहिक नवाज पढिएको थियो । प्रार्थना सकेपछि एकापसमा अङ्कमाल गर्दै इदको शुभकामना आदानप्रदान भएको थियो ।

आत्मसंयम र शुद्धीका लागि नवौँ महिनामा एक महिनाभरि रोजा बसेर दशौँ महिनाको पहिलो दिन इद मनाउने चलन रहेको नेपाल मुस्लिम संघका सस्थापक अध्यक्ष एबं नेपाली कांग्रसका केन्द्रीय सदस्य अव्दुल सत्तारले जानकारी दिनुभयो ।

उहाँका अनुसार रमजान सकिएको खुसीयालीमा इदगाहमा जम्मा भएर सामूहिकरूपमा प्रार्थना गरी एकापसमा शुभकामना साटासाट गर्नेसमेत प्रचलन छ ।

‘इद उल फित्र’ इदका अवसरमा प्रत्येक मुस्लिम समुदायको घरघरमा सेवाइ, जर्दा पुलाउजस्ता विशेष पकवान पकाई आफू खाने र आफन्तका घरमा पठाउने प्रचलनसमेत रहेका कारणले यसलाई मिठी इद पनि भन्ने गरिन्छ ।

रोजा सूर्योदय हुनुभन्दा अघिदेखि सूर्यास्तसम्म चल्ने र यस महिनामा गरिब तथा विपन्नलाई आर्थिक सहयोगलगायत अन्य दान दिने चलन रहेको छ ।