• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

स्थानीय तहको निर्वाचनमा ३५३ जना निर्विरोध : कुन दलबाट कति निर्विरोध ?



काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएकामध्ये ३५३ जना निर्विरोध निर्वाचित भएको जनाएको छ ।

यही वैशाख ३० गते हुने निर्वाचनमा पाँचदलीय सत्तागठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सहित विभिन्न दल निर्वाचनमा होमिएका छन् । केहीले स्वतन्त्र उम्मेदवारीसमेत दिएका छन् ।

आयोगका अनुसार यसपटकको निर्वाचनमा निर्विरोध निर्वाचित हुनेमा सत्ता गठबन्धनका सबैभन्दा धेरै १९० जना छन् । सत्ता गठबन्धनमा पनि नेपाली कांग्रेसका उम्मेदवार १०१ सिटमा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै नेकपा (माओवादी केन्द्र) ले ५४, नेकपा (एकीकृत समाजवादी) ले ३४ र जनता समाजवादी पार्टी (जसपा) ले एक सिट हासिल गरेको छ ।

यही वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता भई वैशाख १६ गते उम्मेदवारी फिर्ता लिने समय निर्धारण भएपछिको अवस्थामा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का उम्मेदवार १२३ पदमा निर्विरोध निर्वाचित भएका छन् ।

स्थानीय तहको यसपटकको निर्वाचनमा ३५ हजार २२१ पदमा निर्वाचन हुने भएको छ । अब निर्विरोध निर्वाचित भएका स्थानमा निर्वाचन हुने छैन । आयोगका अनुसार यसपटक १७० दलित सदस्य पदमा उम्मेदवारी नै परेको छैन ।

दलीय आधारमा निर्विरोध निर्वाचितको अवस्था

नेकपा (एमाले)
अध्यक्ष– १
उपाध्यक्ष– २
वडाध्यक्ष– १४
वडा सदस्य– २६
महिला सदस्य– २३
दलित महिला सदस्य– ५७

नेपाली कांग्रेस
उपाध्यक्ष– १
वडाध्यक्ष– १४
वडा सदस्य– ३१
महिला सदस्य– १५
दलित महिला सदस्य– ४०

नेकपा (माओवादी केन्द्र)
वडाध्यक्ष– ३
वडा सदस्य– ५
महिला सदस्य– ७
दलित महिला सदस्य– ३९

नेकपा (एकीकृत समाजवादी)
अध्यक्ष– २
उपाध्यक्ष– १
वडाध्यक्ष– ६
वडा सदस्य– १२
महिला सदस्य– ७
दलित महिला सदस्य– ६

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
वडा सदस्य– २

स्वतन्त्र
वडाध्यक्ष– ६
वडा सदस्य– १६
महिला सदस्य– ८
दलित महिला सदस्य– ४

राष्ट्रिय जनमुक्ति पार्टी
महिला सदस्य– १

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)
दलित महिला सदस्य– १

जनता समाजवादी पार्टी
दलित महिला सदस्य– १

नेपाल मजदुर किसान पार्टी
दलित महिला सदस्य– २