२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

गर्मीका औषधि : सातु र सर्वत

गर्मीका औषधि : सातु र सर्वत
अ अ+ अ-

अक्षय तृतीयाले सिकाएको सातु र कागतीको सर्वतको महत्त्व बुझेर वर्षैभरि प्रयोग गरे भिटामिनको चक्की खान जरुरत पर्दैन । सानो छँदा अक्षय तृतीयामा सातु र सर्वत खान ठुलीआमा, सानीआमा, फुपू, काकीहरूकहाँ जान्थ्यौं । सातु र सर्वतले पेट भरिएपछि भातै खाइँदैनथ्यो । त्यसबेला थाहै थिएन, हामीले त अति स्वस्थकर सातु र भिटामिनले भरिपूर्ण कागतीको सर्वत पो खाँदा रहेछौं ।

मलाई याद छ, गिँजाबाट रगत निस्कँदा हजुुरआमा कागती–पानी खानुहुन्थ्यो । अमलाको सानो–सानो टुक्रा चुसिरहनुहुन्थ्यो । हजुरआमाको भान्छामा अमला सधैं हुन्थ्यो । त्यो बेला अमला बारीमा पाइन्थ्यो । अमला खाएर पानी पिए रगत बढ्छ भन्ने गरिन्थ्यो । अमला खाएपछि पानी पिउँदा गुलियो हुने भएकाले हामी खान्थ्याै पनि । बजारमा किन्दा पनि १० पैसाको २, ३ वटा अमला पाइन्थ्यो । अमला खाँदा भिटामिन सी पाइन्छ र यसले रोगसँंग लड्ने शक्ति बढाउँछ भन्ने वैज्ञानिक ज्ञान नभए पनि स्वास्थ्य राम्रो पार्छ भन्नेचाहिँ बज्यैलाई थाहा रहेछ । बज्यै भन्नुहुन्थ्यो, ‘कागती, अदुवा र अमला भएको घरमा रोग पस्न पाउँदैन ।’

अहिले हामी सबैको भान्छामा कागती, अदुवा र अमला पाइए पनि यसको राम्रोसँंग प्रयोग गर्नचाहिँ सकिएको छैन वा जानिएको छैन । गर्मी लाग्यो, अब सबैले मानव स्वास्थ्यलाई खराब पार्ने, मुटुको रोग लगाउने, मोटो पार्ने चिसो पेय पदार्थ वा बजारमा राखिएको फलफूलको बिग्रेको रस खान सुरु गर्छन् । साना–साना बालबालिकालाई पनि माया गरेर यस्ता वस्तु दिन्छन् ।

आमाबुबालाई थाहा हुँदैन कि उनीहरूले यस्तो पेय पदार्थ दिँदा महंँगो तर बालबालिकालाई ‘मन्दविष’ दिइरहेका छन् । यस्ता मातापितालाई म भन्छु– अब गर्मी लागेको छ, साना नानीलाई साँच्ची नै माया गर्नुहुन्छ भने कागतीको सर्वत बनाएर, सातुसंँग खान दिनुस्, पुदिनाको अचार दिनुस्, अमला खान दिनुस् ।

वैद्य पसलमा पाइने त्रिफलाको एउटा महत्त्वपूर्ण तत्त्व अमला हो । त्रिफला कब्जियत कम गर्नका लागि काम लाग्छ । कतिजनाले त्रिफला भिजाएर पनि प्रयोग गर्छन् । त्रिफलाले शरीरको रोग प्रतिरोध शक्ति बढाउँछ । धेरैले सुनेको च्यावनप्राशको एक महत्त्वपूर्ण तत्त्व पनि अमला हो । अमला र कागती दुबैमा रहेको भिटामिन सी नष्ट नहोस् भनेर चाहिँ विचार गर्नैपर्छ । धेरै तातोले भिटामिन सी नष्ट गर्छ । त्यसैले लेमन टी बनाउँदा, चिया बनाएर गिलासमा हालेर मात्र कागती निचोर्नु उत्तम हुन्छ । अमलालाई पनि सकेसम्म धेरै नपकाएर नै खानु वेश हुन्छ ।

सजिलो उम्रिने र पाइने पुदिना (बाबरी) पनि एक उत्तम औषधी हो । ‘पुदिना हरा’ किनेर पेटको गडबडी ठिक पार्नेहरूले बारीको पुदिना किन प्रयोग नगर्ने रु धनियाँ र पुदिना पिसेर अचार बनाउँदा स्वास्थ्य र स्वाद दुवै पाइन्छ । गर्मीमा पुदिनाको चिया खान सकिन्छ । सहजै तरिकाले पाइने र गर्मीमा शीतलता दिने वस्तु अक्षय तृतीयाको दिन सुरु गरेर वर्षैभरि प्रयोग गरौं ।