१२ मंसिर २०८१, बुधबार
,
Latest
चितवन राइनोजले आफ्ना समर्थकलाई खेल देखाउन चितवनदेखि काठमाडौँसम्म फ्रिमा बस व्यवस्था गर्ने कीर्तिपुर नगरपालिका उपनिर्वाचनः मतदाता रिझाउँदै उम्मेदवार आईपीएलमा सबैभन्दा महँगा ऋभष पन्तले पूरा रकम नपाउने, विदेशी खेलाडीले दोब्बर कर तिर्नुपर्ने बूढानीलकण्ठमा कांग्रेसका शीर्ष नेताको बैठक सरकारको निर्देशन बमोजिम नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछुः अध्यक्ष श्रेष्ठ ५५ करोडको अनलाइन सट्टेबाजी गरेको आरोपमा एक जना पक्राउ धरहराबाट उपत्यका नियाल्ने रहर एनपीएलको उद्घाटन खेलको टिकट ३ दिन बाँकी छँदै ‘सोल्ड आउट’ नेवार संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिविम्वित गर्छः प्रधानमन्त्री ‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ: सभामुख सापकोटा



अ+ अ-

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको बताउनु भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दे सभामुख सापकोटाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दै समग्र प्रेस जगतले राज्यका तीनवटै अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले निर्वाह गरिरहेको भूमिकाको सुक्ष्म निगरानी र खबरदारी गर्दै आएको उल्लेख गर्नुभएको छ ।

शुभकामना सन्देशमा सापकोटाले जसका कारण राज्यका तीनवटै अंगलाई सजग र सतर्कतापूर्वक कार्य सम्पादन गर्न र आम नागरिकलाई सत्य अन्वेषण गर्न मद्दत पुगिरहेको उल्लेख गर्नुभएको छ ।

उहाँले नेपाली सञ्चार जगत संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ मजबुत एकताका साथ निर्भयपूर्वक लागिरहने छ भन्ने अपेक्षा समेत गरेको जनाउनु भएको छ ।

सभामुख सापकोटाले संघीय संसदको नेतृत्वका हिसाबले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा सधैं साथमा रहेको विश्वास दिलाउन चाहन्छु भन्दै विश्व प्रेस स्वतन्त्रता दिवसले सञ्चार आबद्ध सबैमा उर्जा, हौसला र उत्प्रेरणा मिलोस भन्ने कामना समेत व्यक्त गर्नुभएको छ ।