२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवाद्वारा इदको शुभकामना



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालसहित विश्वभरका इस्लाम धर्मावलम्बीहरुको पर्व इद (इद उल फित्र) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले शुभकामना सन्देशमार्फत धार्मिक, सांस्कृतिक विविधताभित्रको एकता हाम्रो पहिचान भएको उल्लेख गर्दै धर्म, संस्कार र संस्कृति अमूल्य निधि भएको र यस्ता अमूल्य निधिको संरक्षण र संवद्र्धन गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ ।

प्रधानमन्त्री देउवाले राज्यले पनि यसको संरक्षण, विकास र प्रवद्र्धनको नीति लिएको उल्लेख गर्दै हाम्रा चाडपर्व, सांस्कृतिक रीतिरिवाज र रहनसहनको संरक्षण र संवद्र्धन गर्न यस पर्वले सबैलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले यस दिवसले नेपाली राष्ट्रिय एकता र अखण्डतालाई थप मजबुत बनाउने तथा सबै समुदायबीच आपसी भाइचारा र सद्भाव अभिवृद्धिमा प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्नुभएको छ । रासस