२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा भारी गिरावट



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से ४८।७३ अङ्कले ओरालो लागेर दुई हजार ३०७।४४ अङ्कमा ओर्लिएको छ । ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ८।४५ अङ्कले ओरालो लागेर ४४१।७९ मा ओर्लिएको छ ।

कूल २२८ कम्पनीको ३९ लाख ७८ हजार ७९ कित्ता शेयर रु एक अर्ब ४२ करोड ३४ लाख ९८ हजार २९२ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३२ खर्ब ८२ अर्ब ३२ करोड ७६ लाख ८० हजार बराबर भएको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्य नै ओरालो लागेको छ । बैंकिङ १६।२६, व्यापार ३०।१३, होटल तथा पर्यटन ११४।७२, विकास बैंक १२७।३३, जलविद्युत् ९५।७९, वित्त ७४।४४, निर्जीवन बीमा २१८।६३, उत्पादन ११२।७४, अन्य ६१।१, लघुवित्त ६९।०७, जीवन बीमा ३४२।२५, सामूहिक लगानी कोष ०।१ र लगानी १।७२ अङ्कले ओरालो लागे ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रो पावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु चार करोड ७३ लाख ५६ हजार ७४३ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु चार करोड ३८ लाख ३० हजार ५६३, शिवम् सिमेन्ट रु चार करोड २५ लाख २३ हजार ९१६, नेपाल फाइनान्स रु चार करोड पाँच लाख १८ हजार २६० र युनियन हाइड्रोपावर रु तीन करोड ७४ लाख चार हजार ३७५ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार नेप्से परिसूचक ओरालो लागे पनि जाल्पा सामुदायिक लघुवित्तको शेयरमा भने सकारात्मक सर्किट लागेको छ । पोर्ट माइक्रोफाइनान्स २, सामुदायिक लघुवित्त २, केबिए डिवेञ्चर १।९४ र सबैको लघुवित्तका लगानीकर्ताले १।८६ प्रतिशतले कमाए । नेपाल फाइनान्स १०, युनियन हाइड्रोपावर ८।७७, दिव्यश्वरी हाइड्रोपावर ८।२०, माउण्टेन इनर्जी नेपाल ६।७६ र लिवर्टी इनर्जी कम्पनीका लगानीकर्ताले ६।६९ प्रतिशतले गुमाए ।