९ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा भारी गिरावट



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से ४८।७३ अङ्कले ओरालो लागेर दुई हजार ३०७।४४ अङ्कमा ओर्लिएको छ । ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ८।४५ अङ्कले ओरालो लागेर ४४१।७९ मा ओर्लिएको छ ।

कूल २२८ कम्पनीको ३९ लाख ७८ हजार ७९ कित्ता शेयर रु एक अर्ब ४२ करोड ३४ लाख ९८ हजार २९२ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३२ खर्ब ८२ अर्ब ३२ करोड ७६ लाख ८० हजार बराबर भएको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्य नै ओरालो लागेको छ । बैंकिङ १६।२६, व्यापार ३०।१३, होटल तथा पर्यटन ११४।७२, विकास बैंक १२७।३३, जलविद्युत् ९५।७९, वित्त ७४।४४, निर्जीवन बीमा २१८।६३, उत्पादन ११२।७४, अन्य ६१।१, लघुवित्त ६९।०७, जीवन बीमा ३४२।२५, सामूहिक लगानी कोष ०।१ र लगानी १।७२ अङ्कले ओरालो लागे ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रो पावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु चार करोड ७३ लाख ५६ हजार ७४३ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु चार करोड ३८ लाख ३० हजार ५६३, शिवम् सिमेन्ट रु चार करोड २५ लाख २३ हजार ९१६, नेपाल फाइनान्स रु चार करोड पाँच लाख १८ हजार २६० र युनियन हाइड्रोपावर रु तीन करोड ७४ लाख चार हजार ३७५ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार नेप्से परिसूचक ओरालो लागे पनि जाल्पा सामुदायिक लघुवित्तको शेयरमा भने सकारात्मक सर्किट लागेको छ । पोर्ट माइक्रोफाइनान्स २, सामुदायिक लघुवित्त २, केबिए डिवेञ्चर १।९४ र सबैको लघुवित्तका लगानीकर्ताले १।८६ प्रतिशतले कमाए । नेपाल फाइनान्स १०, युनियन हाइड्रोपावर ८।७७, दिव्यश्वरी हाइड्रोपावर ८।२०, माउण्टेन इनर्जी नेपाल ६।७६ र लिवर्टी इनर्जी कम्पनीका लगानीकर्ताले ६।६९ प्रतिशतले गुमाए ।