२० माघ २०८१, आईतवार
,
Latest
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ मुलुकको अर्थतन्त्र बलियो बनाउन सबैले हातेमालो गर्नुपर्छ : महासचिव पोखरेल स्वदेशी उत्पादनको प्रयोगले मुलुकको अर्थतन्त्र बलियो हुने-मुख्यमन्त्री कार्की जसपा नेपाल कार्यकारिणी समिति बैठक एक दिन लम्बियो विराट भेट्रान अन्तरराष्ट्रिय गोल्डकपमा आयोजक टोली क्वाटरफाइनलमा सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै आगामी निर्वाचनमा बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लागौँः देउवा अनलाइन जुवामा संलग्न २४ जना पक्राउ चराविद् पौड्यालको स्मृतिमा कविता संग्रह लोकार्पण र चित्रकला प्रदर्शनी विप्रेषण आप्रवाह: छ महिनामा ७ खर्ब ६३ अर्ब भित्रियो, चालु खाता बचतमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रालय र निजी क्षेत्रबीचमा कर असुलीबारे हुने द्वन्द्वको अन्त्य हुन जरुरी – अर्थमन्त्री



file
अ+ अ-

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालय र निजी क्षेत्रबीचमा कर असुलीबारे हुने द्वन्द्वको अन्त्य गर्नुपर्ने बताउनु भएको छ ।

सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले विगतदेखि अर्थमन्त्रालय र निजी क्षेत्रबीचमा कर बढाउने र घटाउनको लागि हुने द्वन्द्व अन्त्य गर्नुपर्ने बताउनु भएको हो । उहाँले यस्तो द्वन्द्वको तत्काल अन्त्य गरेर करको विषयलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । अर्थमन्त्री शर्माले सरकार र निजी क्षेत्रबीचको करको विवादलाई अन्त्य गरिने बताउनु भयो । मुलुकको अर्थतन्त्रमा ७० प्रतिशत योगदान निजी क्षेत्रको भएकाले अर्थमन्त्रालय निजी क्षेत्रकै भएको अर्थमन्त्री शर्माले बताउनु भयो ।

अर्थमन्त्री शर्माले भन्नुभयो,‘ मुलुकको अर्थतन्त्रमा ७० प्रतिशत योगदान गर्ने नीजि क्षेत्र कै भएको हुनाले अर्थमन्त्रालय पनि नीजि क्षेत्र कै हो । किन भने ७० र ३० प्रतिशत मिलेर नै अर्थमन्त्रालय र अर्थतन्त्र बन्ने हो । तपाईहरुको पूरै हक छ । अर्थ मन्त्रालय राजश्व उठाउन रोइकराई गर्ने व्यवसायीहरु घटाउन रोइकाई गर्ने दुई वटै कुरा छाडि दिउ । अब यता नलागौंँ हामी । यता लागेर देशको प्रगति हुँदैन । मन्त्रालयले कसरी बढाउने, कसरी बाध्ने, कसरी कस्ने कुरा गर्ने व्यवसायीले कसरी कम गर्ने,कसरी छुट गर्ने, कसरी नतिर्ने भन्ने कुराबाट हामी मुक्त हैँ । दुई वटै कुरा बेठिक छन् । कहाँ कहाँ कानूनी नीतिगत समस्याहरु छन । ती समस्या एक दुई तीन गरेर सुझाव दिनुस् ।’

त्यस्तै, अर्थमन्त्री शर्माले सरकारले वैदेशिक ऋण बोक्न सक्ने क्षमताका परियोजना मात्र ल्याउने बताउनु भयो । उहाँले व्यवसायिक क्षेत्रमा लगानी ल्याउन प्रयासका लागि निजी क्षेत्रलाई आग्रह गर्नु भयो । सरकारले निजी क्षेत्रले उद्योगमा ल्याएको वैदेशिक लगानीको लागि नीतिगत ऐन तथा नीतिमा सरकारले सहजिकरण गर्ने बताउनु भयो । सरकारले उद्योग स्थापनाको लागि व्यवसायीको माग अनुसार ५० वर्षको लागि जग्गा दिन तयार रहेको बताउनु भयो । अर्थमन्त्री शर्माले अहिलेको विश्व अर्थतन्त्र र मुलुकको अर्थतन्त्रमा देखिएको समस्याको समाधान उत्पादनमुखी अर्थतन्त्र भएको बताउनु भयो । उहाँले अब हामीले कृषिलाई प्रविधिसहित आधुनिकीकरणमा रुपान्तरण गरेर कृषिलाई उद्योगसँग जोड्नु पर्ने आवश्यकता रहेको बताउनु भयो । अर्थमन्त्री शर्माले कृषिलाई आधुनिकीकरण गरेर कृषिलाई उद्योगसँग जोड्न सके विश्व परिस्थिती र आन्तरिक समस्याको सामधान गर्न सकिने बताउनु भयो ।

अर्थमन्त्री शर्माले भन्नुभयो, ‘वैदेशिक लगानी आउँछ । तीन वटा आयोजना ग¥यो भने ६÷७ खर्ब आउँला जस्तो लाग्यो । सरकारले ल्याउने वैदेशिक लगानी आयोजनाले तिर्न गर ल्याउँछौं । वैदेशिक लगानी उद्योग व्यवसाय क्षेत्रमा ल्याउनको लागि सरकारले सहजिकरण गछौं । तपाईहरु ल्याउनुस् ।दुई तरिकाले ल्याउँ । एउटा परियोजनावेस ल्याउनु पर्छ । जनताको टाउकामा ऋण बोकाउने गरि होइन। परियोजनाले ऋण बोक्ने र तिर्ने गरी ल्याउँछौं । तपाईहरु पनि ल्याउनुस् । उद्योगको लागि तपाईहरुलाई जग्गा दिने । ५० वर्षको लागि भन्नु भएको सरकारले दिन्छ । आउनुस् । बनाउँछौं हामी त्यो नीति । काठमाडौं सहर कै माग्नु भयो भने दिन सक्दैनौंँ । जहाँ छ त्यहाँको जग्गा उद्योगलाई दिन्छौं । अहिले विश्वको परिस्थितिले र हाम्रो आवश्यकताको सार एउटै छ । उत्पादनमुखी अर्थतन्त्र बनाउने हो । त्यो कृषिको रुपान्तरणबाट गर्ने हो । कृषिको स्रोत साधन पुँजीको संगठित रुप मात्रै पुग्दैन । प्रविधि सहित कृषिलाई आधुनिककरण गर्ने र हाम्रा आवश्यकताको आधारमा त्यसलाई व्यवसायीकरण गरेर कृषिलाई उद्योगसँग जोड्ने कुराबाट प्रारम्भ गर्नुपर्छ । त्यसो गरे मात्रै विश्व परिस्थितिले पारेको प्रभावको सामना गर्न सक्छौं । आन्तरिक समस्यालाई पनि समाधान गर्न सक्छौं ।’

त्यस्तै, अर्थमन्त्री शर्माले उद्योगहरुमा पछिल्लो समय देखिएको विद्युतको समस्या तत्काल समाधान गरिने बताउनु भयो । उहाँले प्रधानमन्त्रीलाई समेत उद्योगहरुको विद्युत समस्या रहेको जानकारी गराएकाले छिटै समाधान हुने विश्वास व्यक्त गर्नु भयो । अहिले लोडसेडिङ हुने दुर्भाग्य भएको भन्दै मन्त्री शर्माले समयमा नै विद्युत आयोजना सम्पन्न नहुनु र उत्पादन भएको विद्युत मुख्य प्रसारण लाइनमा जोड्न नसक्नु भएको बताउनु भयो । सरकारले अहिलेको विद्युत संकट टार्न तयार रहेको मन्त्री शर्माको भनाई छ ।

मन्त्री शर्माले भन्नुभयो, ‘उत्पादन उद्योगहरुमा उत्पादनका आधारमा भ्यालु आड कति हुन्छ ,रोजगारी कति हुन्छ । त्यसको आधारमा सरकारले विद्युत शुल्कमा पनि नीति बनाउँछौं । सरकारले दिने तर उत्पादन नहुने भए किन दिने । त्यो हामी तयार विद्युतबाट उद्योगहरुमा समस्या परेको भन्नु भयो । यो खबर सुनेकै दिन मन्त्रीपरिषद्मा प्रधानमन्त्रीलाई मैले समस्या समाधानको लागि आग्रह गरेको छु। र्दुभाग्य हो । अहिले यस्तो नहुनु पर्ने थियो । कामका लाभपरवाहीहरु, समयमा नै काम नहुँदा, समयमा आयोजनाहरु समयमा नसकिदा, नसकिएका योजना प्रसारण लाइनमा नजोड्दा यस्तो भएको छ । वास्तवमा पहिला नै अलि तिव्रता दिएको भए अहिले चाहिने विद्यूत आइसक्नु पर्ने थियो । उत्पादन भइसक्नु पथ्र्यो ,उत्पादन भएको विद्युत पनि जोडिएको छैन। विद्युतमा आत्मनिभर हुन ठाउँमा नै छौं । तर अहिलेको संकट टार्नको लागि म तयार छु । हामी छिटै समाधान गछौं । आज भोलि नै गर्नु पर्छ । जति ढिलो भयो त्यति घाटा छ ।’

त्यस्तै, अर्थमन्त्रीले अब बजेट निर्माण अन्तिम चरणमा पुगेकाले लामो–लामो सुझाव सुन्न नसकिने बताउनु भयो । उहाँले कुन उद्योगमा के–कस्तो सुविधा दिँदा आत्मनिर्भर हुन्छ त्यो बुँदागत रुपमा लेखेर तीन दिन भित्र सुझाव दिन व्यवसायीहरुलाई आग्रह गर्नु भयो । मन्त्री शर्माले जनताले नियुक्ति गरेका सचिव अर्थ मन्त्रालयमा रहेकाले निजी क्षेत्रका माग सम्बोधन हुने विश्वास रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘उद्योग व्यवसायीहरुलाई सहजिकरण गर्न सरकारले दिने सुविधा दिन हामी तयार छौं । व्यवसायीहरुले दिएको किताब पढ्ने हामीलाई फुर्सद छैन । हामीलाई समय एकदमै छोटो भएरको छ । बजेट निर्माण गर्ने अन्तिम चरणमा हामी छौं । तपाईहरुले तीन दिन भित्र सुझाव दिनु होला । पछि मेरो उद्योगमा यस्तो भयो भन्न नआउनु होला । अहिले नै दिनुस् । कानुन नभएका नीति बनेका कुरामा हामी समन्वय गरौला । हामीले उत्पादनमा आधारित अर्थतन्त्र हामीसँग भएको सबै स्रोत साधन सदुपयोग गर्ने, श्रमको उपयोग गर्ने अर्थतन्त्र बनाउने भनेको सबैको साझा कुरा हो । यो कुनै अर्थमन्त्रालय वा अर्थमन्त्रीको व्यक्तिगत कुरा होइन । तपाईहरुको प्रतिनिधिको रुपमा अर्थ मन्त्रालयमा म छु । जनताले नियुक्ति गरेका सचिव अर्थमन्त्रालयमा हुनु हुन्छ । जनताले गराएको हो । उहाँलाई सचिव बनाउने पनि जनता हो । मलाई अर्थमन्त्री बनाउने पनि जनता नै हो । व्यक्तिगत कुरा होइन । एउटा कुरा आग्रह गर्दछुु । राष्ट्र निर्माण र देश बनाउने कुरा गर्दा व्यक्तिगत स्वास्र्थ,कुण्ठा, बार्गेनीङ र ब्ल्क मेलिङ गरेर विरोध गर्ने प्रति सर्तक रहनु होला ।’

त्यस्तै, अर्थसचिव मधुकुमार मरासिनीले करको दर होइन दायरा बढ्ने सरकारको नीति रहेको बताउनु भयो । उहाँले सरकारले यो वर्षको बजेटमा करको दर भन्दापनि करको दायरा बढाउने योजना रहेको बताउनु भयो । सचिव मरासिनीले अब निजी क्षेत्र हरेक कुरामा सरकारप्रति परनिर्भर बन्न नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ राज्यले हरेक तिर हात हालि रहेको जस्तो लागेको छ । निजी क्षेत्रले आफ्नो स्पेस लिनुस् । काठमाडौंमा फ्लाइओभरहरु एक दुई वटा बनाए हने थियो । टोल लिए हुने थियो । यस्ता इनोभेटिभ आइडीहरु छन् । सबै स्वामित्व सरकारले राख्ने भन्दा धरहरा नीजि क्षेत्रले बनाए हुने थियो की ?हाम्रो हरेक कुरा सरकारले गरिदियोस् भन्ने मानसिकता छ । हुँदा हुँदा कतिपय वाणिज्य संघहरुले आफ्नो भवन बनाउनको लागि सरकारसँग दान मागि रहेका छन । सरकार प्रतिको परनिर्भरता बढी रहेको छ । त्यसले गर्दा नीजि क्षेत्र आफै पनि अगाडि बढ्नु पर्छ । त्यसको लागि मन्त्रालय ऐन,कानून,नीतिहरु र करको दर निर्धारण गर्न सहजिकरण गर्ने कुरामा तयार छ । राजश्व नीतिमा नीजि क्षेत्रले सुधारको सुझाव दिनु भएको छ । राजश्व नीतिलाई हामीले करको दर बढाउने भन्दा पनि दायरा विस्तार गर्ने हाम्रो नीति हो । त्यसमा यहाँहरुले नयाँ क्षेत्रहरु केके हुनसक्छ । जानकारी दिनु भयो भने दरलाई कम गरेर दायरा बढाएर सोचे अनुसारको राजश्व वृद्धि गर्न सकिन्छ ।’

सचिव मरासिनीले निजी क्षेत्र आफैंले नयाँ नयाँ कामको थालनी गरे नीतिगत र कानूनी विषयमा सहजिकरण गर्न मन्त्रालय तयार रहेको बताउनु भयो ।