१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कपनबाट हराएका बालक भारतमा भेटिए, नेपाल ल्याइँदै



अ+ अ-

काठमाडौं । सोमबार साँझ काठमाडौँको कपनबाट हराएका बालक भारतमा फेला परेका छन् । ४ वर्षका पीयूष शर्मा भारतमा आफन्तको सम्पर्कमा पुगेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले बताए ।

महानगरीय अपराध महाशाखा र काठमाडौँ प्रहरीले बालकको अपहरण भएको आशङ्कामा अनुसन्धान गरिरहेको थियो । बालकका आमा बुवासँग चिनजान भएका शङ्कर दासले बच्चा लगेको थाहा भएको छ । पीयूष आमाबुवासँग कपनमा बस्दै आएका थिए । 

बालकका बुवा विनोद शर्मा टायलको काम गर्छन् । बुबा आमालाई जानकारी नदिई कपनस्थित चुनिखेल बस्ने भारतीय नागरिक शङ्कर दासले बालकलाई लिएर हिँडेका थिए ।

तेजिया पर्वका लागि आमा फलफूल किन्न गएको र फर्किँदा बच्चा नभेटेपछि परिवारले महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा खबर गरेका थिए । महाराजगञ्ज प्रहरीले बेवास्ता गरेपछि उनीहरू बच्चा खोजिदिन आग्रह गर्दै मंगलबार महानगरीय अपराध महाशाखामा पुगेका थिए ।

विनोद र शंकरको बिचमा पूर्व चिनजान थियो । दुवै भारतको बिहारका हुन् ।