२४ भाद्र २०८३, बुधबार
,
Latest
गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

कपनबाट हराएका बालक भारतमा भेटिए, नेपाल ल्याइँदै



अ+ अ-

काठमाडौं । सोमबार साँझ काठमाडौँको कपनबाट हराएका बालक भारतमा फेला परेका छन् । ४ वर्षका पीयूष शर्मा भारतमा आफन्तको सम्पर्कमा पुगेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले बताए ।

महानगरीय अपराध महाशाखा र काठमाडौँ प्रहरीले बालकको अपहरण भएको आशङ्कामा अनुसन्धान गरिरहेको थियो । बालकका आमा बुवासँग चिनजान भएका शङ्कर दासले बच्चा लगेको थाहा भएको छ । पीयूष आमाबुवासँग कपनमा बस्दै आएका थिए । 

बालकका बुवा विनोद शर्मा टायलको काम गर्छन् । बुबा आमालाई जानकारी नदिई कपनस्थित चुनिखेल बस्ने भारतीय नागरिक शङ्कर दासले बालकलाई लिएर हिँडेका थिए ।

तेजिया पर्वका लागि आमा फलफूल किन्न गएको र फर्किँदा बच्चा नभेटेपछि परिवारले महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा खबर गरेका थिए । महाराजगञ्ज प्रहरीले बेवास्ता गरेपछि उनीहरू बच्चा खोजिदिन आग्रह गर्दै मंगलबार महानगरीय अपराध महाशाखामा पुगेका थिए ।

विनोद र शंकरको बिचमा पूर्व चिनजान थियो । दुवै भारतको बिहारका हुन् ।