• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

निर्वाचन आयोगले केशव स्थापितलाई सोध्यो स्पष्टीकरण



काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाको नेकपा एमालेबाट मेयर पदमा उम्मेदवार रहेका केशव स्थापितलाई स्पष्टीकरण सोधेको छ ।

आयोगले निर्वाचन आचारसंहिता विपरित अभिव्यक्ति दिएको र सार्वजनिक स्थलमा महिलाप्रति अभद्र टिप्पणी गरेको भन्दै उनलाई किन कारबाही नगर्ने भनी स्पष्टीकरण सोधेको हो ।

आयोगले वैशाख १५ गते काठमाडौंको नेशनल कलेजमा भएको एक कार्यक्रममा आफूमाथि लागेको मिटुको प्रश्न सोधेकोमा निर्वाचन आचारसंहिता उल्लंन हुने जवाफ दिएको भन्दै आयोगले स्पष्टीकरण सोधेको जनाएको छ ।

सो कार्यक्रममा प्रश्नकर्ता भावना राउतलाई ‘युआर नाइस लेडी तर थुतुनो ठिक भएन’ भनी गरेको टिप्पणी गलत र निर्वाचन भावना विपरित भएको आयोगको ठहर छ ।

आइतबारको एक कार्यक्रममा पनि स्थापितले अर्का उम्मेदवार बालेन शाहलाई ‘अन्तर्राष्ट्रिय ठग’को संज्ञा दिएका थिए ।