१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरेल र थापा अदालत जाने भएपछि अदालत नखुल्दै दर्ज्यानी चिह्न



अ+ अ-

काठमाडौं । हिजो प्रहरी महानिरीक्षकमा बढुवा भएका धिरजप्रताप सिंहलाई सरकारले आजै दर्ज्यानी चिह्न लगाइदिने भएको छ । गृह मन्त्रालयले बिहान ८ बजेर ४५ मिनेटमा दर्ज्यानी चिह्न लगाउने कार्यक्रम राखेको छ । त्यसैको तयारीमा नेपाल प्रहरी पनि रहेको छ ।

महानिरीक्षक सिंहको बढुवामा असन्तुष्ट अर्का एआईजी विश्वराज पोखरेल र सहकुल थापा सरकारको निर्णयका विरुद्धमा आज सर्वोच्च अदालत जाने तयारी गरिरहेका छन् । यसैकारणले सरकारले पनि अदालतमा रिट दायर नगर्दै अर्थात् अदालतको आदेश नआउँदै दर्ज्यानी चिह्नको तयारी गरेको हो ।

आज रिट परेपछि पेशी तोकिए सर्वोच्चले चिह्न लगाउनै रोक्न सक्ने अनुमान गरिएको छ । सरकारले तेस्रो वरियाताका सिंहलाई महानिरीक्षकमा बढुवा गरेपछि अदालतको आदेश आउन सक्ने अनुमान पनि गरिएको छ ।

रोलक्रममा तेस्रो नम्बरमा रहेका र पहिलो नम्बरका एआईजी विश्वराज पोखरेलभन्दा १६ महिनापछि एआईजी बनेका सिंहलाई महानिरीक्षकमा नियुक्त गरेको भन्दै सरकारको आलोचना भइरहेको छ । पोखरेल र थापाले वरिष्ठता र कार्यसम्पादनका आधारमा आफू महानिरीक्षक हुनुपर्ने माग गर्दै अदालत जाने तयारी गरेका हुन् ।