११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरेल र थापा अदालत जाने भएपछि अदालत नखुल्दै दर्ज्यानी चिह्न



अ+ अ-

काठमाडौं । हिजो प्रहरी महानिरीक्षकमा बढुवा भएका धिरजप्रताप सिंहलाई सरकारले आजै दर्ज्यानी चिह्न लगाइदिने भएको छ । गृह मन्त्रालयले बिहान ८ बजेर ४५ मिनेटमा दर्ज्यानी चिह्न लगाउने कार्यक्रम राखेको छ । त्यसैको तयारीमा नेपाल प्रहरी पनि रहेको छ ।

महानिरीक्षक सिंहको बढुवामा असन्तुष्ट अर्का एआईजी विश्वराज पोखरेल र सहकुल थापा सरकारको निर्णयका विरुद्धमा आज सर्वोच्च अदालत जाने तयारी गरिरहेका छन् । यसैकारणले सरकारले पनि अदालतमा रिट दायर नगर्दै अर्थात् अदालतको आदेश नआउँदै दर्ज्यानी चिह्नको तयारी गरेको हो ।

आज रिट परेपछि पेशी तोकिए सर्वोच्चले चिह्न लगाउनै रोक्न सक्ने अनुमान गरिएको छ । सरकारले तेस्रो वरियाताका सिंहलाई महानिरीक्षकमा बढुवा गरेपछि अदालतको आदेश आउन सक्ने अनुमान पनि गरिएको छ ।

रोलक्रममा तेस्रो नम्बरमा रहेका र पहिलो नम्बरका एआईजी विश्वराज पोखरेलभन्दा १६ महिनापछि एआईजी बनेका सिंहलाई महानिरीक्षकमा नियुक्त गरेको भन्दै सरकारको आलोचना भइरहेको छ । पोखरेल र थापाले वरिष्ठता र कार्यसम्पादनका आधारमा आफू महानिरीक्षक हुनुपर्ने माग गर्दै अदालत जाने तयारी गरेका हुन् ।