९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सगरमाथा आरोहण गर्न ३१६ जनाले लिए अनुमति



फाईल फोटो
अ+ अ-

काठमाडौं । यस वर्षको वसन्त यामको सगरमाथा (८,८४८.८६ मिटर) हिमाल आरोहणका लागि ३९ आरोही समूहका ३१६ जनाले आरोहण अनुमति लिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार सगरमाथासहित २५ हिमाल तथा चुली आरोहणका लागि १११ आरोही समूहका १९५ महिला र ७०४ पुरुषसहित कूल ८९९ आरोहीले अनुमति पाएका छन् ।

विभागको पर्वतारोहण शाखाबाट जारी भएको मार्च अन्तिमसम्मको एक्सिपीडिसन पर्मिटमा सबैभन्दा धेरै सगरमाथा आरोहण गर्न ३८ आरोही समूहका ३०२ आरोहीले अनुमति लिएका छन् । अमादब्लम (६,८१४ मिटर) आरोहणका लागि नौ समूहका ९७ जनाले अनुमति पाएका छन् । कञ्चनजङ्घा (८,५८६ मिटर) आरोहणका लागि सात समूहले अनुमति लिएको छ ।

अन्नपूर्ण (८,०९१ मिटर) चार र नुप्से आरोहणका लागि सात समूहले अनुमति पाएको छ । मकालु (८,४६३ मिटर) मा चार, धौलागिरि (८,१६७ मिटर) का लागि दुई र ल्होत्से (८,५१६ मिटर) का लागि एक आरोही समूहले अनुमति लिएका छन् ।

त्यसैगरी नुप्से आरोहणका लागि सात, हिमलुङ्ग चुली र थापा पिकका लागि चार/चार समूहले आरोहण अनुमति लिएर गन्तव्यतर्फ प्रस्थान गरेका छन् । ती हिमाल तथा पिक आरोहणबाट हालसम्म रु ४६ करोड ७५ लाख रोयल्टी जम्मा भएको विभागले जनाएको छ । रासस