१६ असार २०८३, मंगलवार
,
Latest
लायन्स क्लब अफ विराटनगरको अध्यक्षमा चाँद ईराकी चयन भन्सार विभागको नेतृत्व फेरियो, भरतमणि पाण्डे बने निमित्त महानिर्देशक सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल मधेसबाहेक देशभर वर्षा, कञ्चनपुरमा २४ घण्टामै १४७.४ मिमी वर्षा इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार, सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ प्रतिनिधिमण्डल पठाउने स्थानीय तहका समस्या समाधानमा मन्त्री रावल, मधेशका मुख्यमन्त्रीसगँ गरिन् छलफल काठमाडौं केन्द्रित नार्कको काज प्रथामा अन्त्य, दुर्गममा कर्मचारी अनिवार्य खटाइने ९ दिनदेखि माइतीघरमा दृष्टिविहीनको आन्दोलन: रोजगारी वा बेरोजगार भत्ता माग कोशी प्रदेशसभा बैठक फेरि स्थगित, अब असार १८ गते बस्ने चितवनमा ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको स्वास्थ्यमा देखियो समस्या, राजनीतिक भेटघाट स्थगित



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा समस्या आएको छ । नेपाललाई कोरोनाको जस्तै लक्षण देखिए पनि पीसीआर रिपोर्ट भने नेगेटिभ देखिएको हो । 

युवा संघका प्रवक्ता सञ्जिप राईका अनुसार नेता नेपाललाई रुघा खोकी, ज्वरो आउने र शरीर दुख्ने समस्य देखिएको छ । नेपाल घरमै आराम गरिरहेका छन् । 

नेपालको स्वास्थ्यमा समस्या देखिएपछि पार्टी र गठबन्धनका काम पार्टी उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलगायतका नेताहरुले ब्यवस्थापन गरिरहेका छन्। नेपालको स्वास्थ्यमा समस्या देखिएसंगै पार्टीका बिभिन्न कार्यक्रमहरु स्थगित गरिएको छ । 

नेपालसंगै उनकी पत्नी गायत्रीलाई पनि उस्तै लक्षण देखिएको नेपालको सचिवालयले जनाएको छ।