२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिम्बावे ‘ए’ सँग नेपाल ६ विकेटले पराजित



अ+ अ-

काठमाडौं । टी–२० सिरिजको पहिलो खेलमा नेपाल जिम्बावे ‘ए’ सँग ६ विकेटले पराजित हुन पुगेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन जोडेको थियो ।

नेपालले दिएको १ सय ८२ रनको लक्ष्य जिम्बावे ‘ए’ ले १८.४ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो ।

जिम्बावेका लागि इनोसेन्ट काइयाले ३० बलमा ४७, टाडिवान्से मारुमानीले ४१ बलमा ५६, टोनी मुन्योंगाले २३ बलमा ५० रन जोडे ।

यस्तै कुड्जाई माउन्जे ८ तथा रोय काइया ६ रनमा अविजित रहे । नेपालका बसिर अहमदले २ तथा करण केसी र सन्दीप लामिछानेले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपालले जिम्बावे ‘ए’लाई १८२ रनको लक्ष्य दिएको थियो ।

निर्धारीत २० ‌ओभरमा ५ विकेट गुमाउँदै १८१ रन जोडेको हो । नेपालका लागि कुशल भुर्तेलले ३१ बलमा ४६ रन जोडे । त्यस्तै रोहित पौडेलले २६ बलमा ३६ रन बनाए ।

आशिफ शेख १६ बलमा ९ रन बनाउँदै आउट भए भने दिपेन्द्रसिंह ऐरी १३ बलमा २८ रन जोडे । यस्तै मोहम्मद आदीम आलमले २७ बलमा ४७ रन बनाए ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेल्न लागेको हो ।

जिम्बाबेको टोली तीन टी–२० र तीन एकदिवसीय शृंखलाका लागि नेपाल भ्रमणमा छ ।