२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिम्बावे ‘ए’ सँग नेपाल ६ विकेटले पराजित



अ+ अ-

काठमाडौं । टी–२० सिरिजको पहिलो खेलमा नेपाल जिम्बावे ‘ए’ सँग ६ विकेटले पराजित हुन पुगेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन जोडेको थियो ।

नेपालले दिएको १ सय ८२ रनको लक्ष्य जिम्बावे ‘ए’ ले १८.४ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो ।

जिम्बावेका लागि इनोसेन्ट काइयाले ३० बलमा ४७, टाडिवान्से मारुमानीले ४१ बलमा ५६, टोनी मुन्योंगाले २३ बलमा ५० रन जोडे ।

यस्तै कुड्जाई माउन्जे ८ तथा रोय काइया ६ रनमा अविजित रहे । नेपालका बसिर अहमदले २ तथा करण केसी र सन्दीप लामिछानेले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपालले जिम्बावे ‘ए’लाई १८२ रनको लक्ष्य दिएको थियो ।

निर्धारीत २० ‌ओभरमा ५ विकेट गुमाउँदै १८१ रन जोडेको हो । नेपालका लागि कुशल भुर्तेलले ३१ बलमा ४६ रन जोडे । त्यस्तै रोहित पौडेलले २६ बलमा ३६ रन बनाए ।

आशिफ शेख १६ बलमा ९ रन बनाउँदै आउट भए भने दिपेन्द्रसिंह ऐरी १३ बलमा २८ रन जोडे । यस्तै मोहम्मद आदीम आलमले २७ बलमा ४७ रन बनाए ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेल्न लागेको हो ।

जिम्बाबेको टोली तीन टी–२० र तीन एकदिवसीय शृंखलाका लागि नेपाल भ्रमणमा छ ।