५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालीकोटमा टेलिफोन सेवा अवरुद्ध



सांकेतिक तस्बिर
अ+ अ-

मान्म । कालीकोटमा शुक्रबार राति आएको हावाहुरीका कारण कालीकोटको टेलिफोन सेवा अवरुद्ध भएको छ ।

हावाहुरीका कारण टेलिफोनका टावरमा समस्या आउँदा सो सेवा अवरुद्ध भएको हो । हावाहुरीले टेलिफोनका टावर भत्किँदा र कतिपय स्थानमा सोलार प्लान्टमा समस्या आउँदा जिल्लाभर टेलिफोन सेवा अवरुद्ध भएको बताइएको छ । टेलिफोन सेवा अवरुद्ध हुँदा जिल्लाको रास्कोट नगरपालिका तथा नरहरिनाथ, पचालझरना, पलाँता, सान्नी त्रिवेणी, महावै, तिलागुफा र शुभकालिका गाउँपालिकासँग सम्पर्क विच्छेद भएका छन् ।

शुक्रबार राति हावाहुरी आउँदा मोबाइल सेवाले काम नगरेको नरहरिनाथ गाउँपालिका–९ लालुका दुर्गा बोहोराले बताउनुभयो । “हाम्रो गाउँमा मोबाइलको टावर थियो । त्यो टावरले काम गर्न शुक्रबारदेखि छाडेको छ”, उहाँले भन्नुभयो, “फोन सेवा नहुँदा अहिले बाहिर दुनियाँदेखि टाढा भएको अनुभूति भइरहेको छ ।” सान्नी त्रिवेणी गाउँपालिकामा टेलिफोनको टावर राखिएको भए पनि हावाहुरीका कारणले टावरमा समस्या आएको हुँदा मोबाइल फोन गर्न समस्या भएको स्थानीयवासी रामबहादुर सञ्जयालले बताउनुभयो । “दुई दिनदेखि मोबाइलले फोनको काम गरेको छैन्”, उहाँले भन्नुभयो, “टावरमा समस्या आएका कारणले यो समस्या आएको हो कि ?”

पलाँता गाउँपालिका टेलिकमको टावर जडान भएको ठाउँमा रहेको सोलार प्यानललाई फुटाएका कारणले टेलिकम सेवा अवरुद्ध हुन पुगेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताउनुभयो । “टावर राखेका ठाउँमा रहेको सोलार प्यानल असिनापानी र हावाहुरीले फुटाएका कारण फोन सेवा अवरुद्ध भएको छ”, उहाँले भन्नुभयो, “यो प्राविधिक विषय भएकाले टेलिकम कार्यालयलाई जानकारी गराएका छौंँ ।”

हावाहुरीका कारणले जिल्लाभरका फोन सेवामा समस्या आएको छ । मोबाइल सेवा र इन्टरनेट सेवा सुचारुका लागि आवश्यक जनशक्ति र सामग्री बाहिरबाट मगाइएको नेपाल टेलिकम जिल्ला शाखा कार्यालय कालीकोटले जनाएको छ ।