काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद लगभग टुंग्याएको छ । मंगलबार तिन जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरेसंगै पाँच जिल्लाको मात्रै सार्वजनिक हुन बाँकी रहेको छ ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठका अनुसार मंगलबार कैलाली, सर्लाही र धनुषाको क्रियाशील सदस्यता सार्वजनिक गरेसँगै ७२ जिल्लामा क्रियाशील सदस्यता विवाद टुंगिएको हो । श्रेष्ठका अनुसार रसुवा, सप्तरी, रौतहट, बारा र पर्साको क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी छ ।
कांग्रेसमा १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन सम्पन्न ६४ जिल्लामध्ये करिव ६९ जिल्लामा पालिका अधिवेशन सम्पन्न भइसकेका छन् । बाँकी जिल्लामा दशैंअघि पालिका अधिवेशन सम्पन्न भइसक्ने कांग्रेसले जनाएको छ ।
कांग्रेसले २१ हिमाली जिल्लामा भने दशैं अघि जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरिसकेको छ । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९-१३ सम्म काठमाडौंमा हुँदैछ ।