६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईजीपी थापासहित १९ उच्च प्रहरी अधिकारी अवकासमा



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षत्रीसहित १९ जना उच्च प्रहरी अधिकारीले अवकास पाएका छन् । तीस वर्षे सेवाहदका कारण उनीहरुले आइतबारदेखि लागु हुने गरी अनिवार्य अवकास पाएका हुन् ।

विसं २०४९ वैशाख १९ गतेदेखि प्रहरी सेवा गरेका आईजीपी क्षेत्रीसहित १९ उच्च प्रहरी अधिकारीको ३० वर्षे सेवाअवधि आइतबारदेखि समाप्त भएको छ ।

आईजीपी क्षेत्रीसहित अवकास पाउने चार अतिरिक्त महानिरीक्षक (एआईजीपी) मा हरिबहादुर पाल, नीरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की र वसन्तकुमार पन्त छन् । त्यस्तै ११ नायव महानिरीक्षक (डिआईजीपी) मा घनश्याम अर्याल, ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की, शौरभ राणा, राजेन्द्रप्रसाद चौधरी, गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, डा. देवबहादुर बोहरा, रामकृपाल साह, उमेश रञ्जितकार र प्रकाश अधिकारीले पनि आइतबारदेखि लागु हुने गरी अनिवार्य अवकास पाएका छन् ।