१६ असार २०८३, मंगलवार
,
Latest
काठमाडौं केन्द्रित नार्कको काज प्रथामा अन्त्य, दुर्गममा कर्मचारी अनिवार्य खटाइने ९ दिनदेखि माइतीघरमा दृष्टिविहीनको आन्दोलन: रोजगारी वा बेरोजगार भत्ता माग कोशी प्रदेशसभा बैठक फेरि स्थगित, अब असार १८ गते बस्ने चितवनमा ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रको सहकार्यमा अघि बढाउने योजना बनाएको छः सञ्चारमन्त्री तिमिल्सिना जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा जलवायु अनुकूलनमा नेपाललाई १ अर्ब ३३ करोड अनुदान, ६० हजार घरधुरी लाभान्वित रास्वपाले अद्यावधिक केन्द्रीय सदस्यको अन्तिम नामावली सार्वजनिक, पूजा बास्तोला र ध्रुव थापा मगर थपिए दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो सुनको मूल्य एकैदिन तोलामा ४ हजार ५०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तो
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक इजलासमा सभामुख विरुद्धको हत्या अभियोगको मुद्दा सुनुवाइ हुँदै



अ+ अ-

काठमाडौं । आज संवैधानिक इजलासमा सभामुख अग्नि प्रसाद सापकोटाविरुद्धको हत्या अभियोगको मुद्दा सुनुवाइ हुँदैछ । सभामुखविरुद्धको सुनुवाइ पहिलो नम्बरमै पेसीमा राखिएको छ । न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको इजलासमा रहेका छन् ।

माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै मुद्दा परेको थियो । मृतक लामाकी पत्नी पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते आफ्ना पतिको हत्यामा सापकोटाको हात रहेको भन्दै तत्काल कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै मुद्दा दायर गरेकी थिइन्।

यता मानव अधिकारकर्मी सुशील प्याकुरेललगायतले पनि २०६८ असार ६ गते नै दर्ता गरेका थिए । द्वन्द्वकालीन मुद्दामा पटक पटक पेसी चढ्दै आएको छ ।