९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरले पोखरालाई दियो ५२ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटमा साविक विजेता ललितपुर प्याट्रीयट्स र  पोखरा राइनोजबीच खेल जारी छ । 

ललितपुरले पोखरालाईलाई जितका लागि ५२ रनको लक्ष्य दिएको छ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर ५१ रन बनायो ।

आउटफिल्ड भिजेको कारण दुई घण्टा भन्दा ढिला सुरु भएपछि खेल ७ ओभरमा घटाईएको छ ।

ललितपुरका लागि सन्दुन विराकोडीले सर्वाधिक १९ रन बनाए भने ओशाडा फर्नान्डोले अविजित १० रन जोडे ।

यस्तै नारायण जोशी ११ रनमा आउट हुँदा कप्तान कुशल भुर्तेल ३ रनमा पेभिलियन फर्किए ।

पोखराका नन्दन यादवले ३ विकेट लिए भने बिक्रम सोबले २ तथा केस्रिक विलियम्सको नाममा १ विकेट रह्यो ।