१९ आश्विन २०८१, शनिबार
,
Latest
बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण आज कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख सापकोटाविरुद्ध मुद्दाको आजपनि सुनुवाइ भएन



अ+ अ-

काठमाडौं । सभामुख अग्नी सापकोटाविरुद्ध मुद्दाको सुनुवाइ आज पनि नहुने भएको छ । 

बुधबारको संवैधानिक इजलासमा मुद्दाको पेशी तोकिएको भएपनि अदालत प्रशासनले मुद्दाको सुनुवाइ नमिल्नेमा राखेको जनाएको छ । इजलासमा सो मुद्दाको पेशी पटकपटक चढाइएपनि सुनुवाइ हुन सकेको छैन ।

यसअघि भदौ १६ गते मुद्दाको पेशी संवैधानिक इजलासमा चढेको थियो । त्यतिबेला पनि सो मुद्दाको सुनुवाइ हेर्न नमिल्नेमा राखिएको थियो । 

सभामुख सापकोटाविरुद्ध माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा दोषी रहेको भन्दै १० वर्षअघि मुद्दा परेको थियो । द्वन्द्वकालमा लामाको अपहरणपछि हत्या भएको थियो । 

तत्कालीन एमालेका स्थानीय नेता अर्जुन लामाको हत्या प्रकरणमा लामाकी पत्‍नी पूर्णिमाया लामाले काभ्रे जिल्ला प्रशासनमा जाहेरी दिएकी थिइन् । २०६२ वैशाखमा माओवादीले अपहरण गरेको र सोही वर्षको असार दोस्रो साता हत्या लामाको हत्या गरिएको भन्दै  पूर्णिमायाले सापकोटाविरुद्ध उजुरी दिएकी थिइन् । 

डा.बाबुराम भट्टराई प्रधानमन्त्री रहँदा सूचना तथा सञ्चारमन्त्री नियुक्त भएका सापकोटालाई मन्त्री बन्नबाट रोक्न माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य सुशील प्याकुरेल,पत्रकार कनकमणि दीक्षितलगायत मानवअधिकारवादीले रिट जाहेर गरेका थिए ।